काठमाडौं, २२ साउन २०७६ । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले रुकुम पूर्वका पूर्व माओवादी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका स्वागत गरेका छन् ।

पूर्व माओवादी हुँदै हाल नेकपामा कार्यरत रहेका सात माओवादी कार्यकर्तालाई सिटौलाले कांग्रेसमा स्वागत गरेका हुन् ।

पूर्व माओवादी कार्यकर्तालाई लिएर कांग्रेस रुकुम पूर्वका संयोजक केशरमान रोक्का सिटौला निवास पुगेका थिए ।

सिटौला निवासमा पुगेका रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२का वीर बहादुर बुढा, कर्मसरी गुरुङ, अम्वर गुरुङ, घमण्ड बुढा, जेतले बुढा, वडा नम्वर १३का प्रेम प्रसाद बुढा र विजय बुढालाई कृष्ण प्रसाद सिटौलाले स्वागत गरेका थिए ।

नवप्रवेशीहरुलाई काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले पनि टीका लगाएर स्वागत गरेका थिए। उनीहरुलाई कांग्रेस रुकुम पूर्वका संयोजक केशरमान रोक्काले पनि टीका लगाएर स्वागत गरेका थिए ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता सिटौलाले नेपालकै पुरानो लोकतान्त्रिक दल कांग्रेसले मात्रै देश र जनताको हित गर्न सक्ने बताए। उनले नेपाली कांग्रेसकव लोकतान्त्रक चरित्रलाई जोगाउँदै पार्टीलाई बलियो बनाउन नवप्रवेशीहरुलाई आआफ्नो ठाउँमा क्रियाशिल हुन निर्देशन दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्