नुवाकोट, २२ साउन २०७६ । नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् ।

मंगलबार बिहान १० बजेको समयमा सोही ठाउँका ५० वर्षीय इद्री मियाँले २७ वर्षीय छोरा समीर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

उनका अनुसार घाइते समीरलाई इद्रीले शरीरमा पेट्रोल छर्की पेटमा चक्कु प्रहार गरी दाहिने हात र दाहिने पेटमा चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

घाइते समीरलाई स्थानीय मेडिकलमा उपचार गरी थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पठाइएको प्रहरीले जनाएकोे छ । चक्कु प्रहार गर्ने इद्रीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्