टोकियो, विस्वास आचार्य, २१ साउन २०७६ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने घोषणा गरेको छ ।

नवलपरासी समाजले अगष्ठ २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने एवं उक्त तिज कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का ,गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक समुन्द्र राज पौडेल ,गायिका सोना के।सी,निशा क्षेत्रीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनका लागी बिभिन्न उपसमितिहरु बनाईएको छ । कार्यक्रमको तयारी ७० % पुरा भई सकेको नवलपरासी समाज जापानका सचिव ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

जस्तो सुकै अफ्ठेरो परिस्थिती आएता पनि कार्यक्रम भव्य र सब्य हुनेमा ढुक्क रहेको नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कण्डेलले बताउनुभयो ।

टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई कार्यक्रममा उपस्थीत भई कार्यक्रम सफल पारिदिन कार्यक्रम संयोजक गिता कंडेल अनुरोध गर्नुभयो।

स्मरण रहोस् नवलपरासी समाज जापाले जापानसगैं नेपालको बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्