काठमाडौँ, २१ साउन २०७६ । प्रदेश नं. ३ सरकारको अगुवाईमा युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधान र सोचको विकास गराउने उद्धेश्यका काठमाडौँमा दुई दिने युवा उद्यमी सम्मेलन हुने भएको छ ।

उक्त सम्मेलन देशभरीका उद्यमशील सोच भएका युवाहरुको सहभागितामा प्रदेश नम्बर ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आईएमई फाउण्डेसनको सह-आयोजना साथै राष्ट्रिय बाणीज्य बैंकको मुख्य प्रायोजनमा आगामी साउन २७ र २८ गते हुन लागेको छ ।

प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापन र सरकारी साथ एंव सहयोगका विषयमा सम्मेलन आयोजना गर्न लागेको सोमबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा जनाइएको थियो ।

उद्यमी बन्नका लागि सीप, दक्षता, आत्मविश्वास, पुँजी र लगानीको वातावरण चाहिने बताउदैं मन्त्री नेपालले यो युवा उद्यमशीलता सम्मेलनले उद्यमशीलताको उपयुक्त अवसर निमार्णमा पहल गर्ने जनाइएका छन् ।

यसैगरी प्रदेश नं ३ सरकार युवा उद्यमीहरुको लगानी बढाउन र समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको उनले जानकारी दिए ।

अन्तराष्ट्रि युवा दिवशको अवशरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपुर्ण प्लेटफम भएको उक्त समारोहमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए ।

यसैक्रममा, उनले स्थानीय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुन लागेको कार्यक्रमले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यो सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मविश्वास बढ्ने भएकाले वाणिज्य बैंक यो सम्मेलनमा साझेदार भएको सोहि समारोहमा युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजक समेत रहेको राष्ट्रिय बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए ।

आयोजकले साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेल, सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, युवा तथा खेलकुदमन्त्री जगत् बिश्वकर्मा, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, भवानी राणा, चन्द्र ढकाल, सुरज बैद्य, हेमराज ढकाललगायत उद्यमीहरुको सहभागीता रहने जनाएको छ ।

यसैगरी युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने घोषणा गरेका समेत प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताएका छन् ।

यसैक्रममा, प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई

सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने सम्मेलनका मुल आयोजक समितिका संयोजक बिशाल गैरेले जनाए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ वटा सेसन रहने सम्मेलनमा देशभरबाट आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५०० युवाहरु र ४० भन्दा बढि स्पीकरको प्रस्तुती रहने सम्मेलनको समापन गर्नेछन् ।

आयोजकले सम्मेलनमा उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि पर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न उपयुक्त प्लेटफर्म हुने बिश्वास लिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्