काठमाडौं, २१ साउन २०७६ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधिसभा सांसद प्रकाशमान सिंह अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना हुनु भएको छ ।

केही दिनदेखि अवस्थ नेता सिंहको स्वास्थ्यमा थप समस्या देखिएपछि हिजो सोमबार अस्पताल भर्ना गरिएको हो ।

पूर्वमहामन्त्री सिंहलाई उच्च ज्वरो, युरिन संक्रमण र मधुमेह बढेको बताइएको छ। अहिले उनको स्वास्थ्य सुधारोन्मुख भएको र केही दिन अझै अस्पताल राखेर उपचार गरिने युपी लामिछानेले जानकारी दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य सिंहलाई मेडिसिटी अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा मिमी गिरीको समूहले उपचार गरिरहनु भएको खबर प्राप्त भएको छ ।

नेता सिंहको स्वास्थ्यबारे जानकारी लिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगायत मेडिसिटी अस्पताल पुग्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्