गोरखा, २० साउन २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गर्नु भएको छ ।

पालुङ्टार नगरपालिका – १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेता श्रेष्ठले‘ समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध होऔं,एकले अर्कोलाई खुट्टा नतान्न आग्रह गर्नु भयो ।

दरिद्र चिन्तन राख्नेलाई जनताले पाखा लगाउने प्रवक्ता श्रेष्ठको भनाई छ । नेकपा सरकारमा छ, सरकारमा छौं भनेर कसैलाई भेदभाव गर्न नचाहेको बताउँदै सबैसँग एकता गरेर अगाडि बढ्न चाहेको बताउनु भयो । समृद्धिको पक्षमा साथ नदिनेलाई छाडेर अगाडि बढ्ने उहाको भनाइ थियो ।

प्रत्येक गाउँ गाउँमा हुनुपर्ने गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयको भवन निर्माणमा संलग्न सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नु हुदै आधुनिक भवनले मात्रै ग्रामिण क्षेत्रमा शिक्षाको विकास नहुने बताउनु भयो । रहेको उनको भनाई छ ।

समाजवादी शिक्षा प्रणालीको बारेमा हरेक अभिभावक, गाउँ, टोल, समुदाय, शिक्षण संस्था, स्थानीय तह, प्रदेश, संघीय सरकारमा छलफल गरी गुणस्तरीय र निशुल्क शिक्षा प्रदान गरी समृद्ध नेपाल निर्माण गर्नुपर्ने उहाले जोड दिनुभयो ।

शिक्षा जीवन सार्थक बनाउने र जिविकोपार्जन गर्न सक्ने हुनुपर्ने र अहिलेका प्राविधिक शिक्षा बाँच्न सक्ने बनाउने भन्दा पनि दास बनाउने प्रकृतिको रहेको उनको भनाई छ । शिक्षाले जीवन सार्थक बनाउनुपर्ने, स्वतन्त्र यात्रामा अगाडि बढाउनुपर्छ र त्यस्तो नयाँ मान्छे बनाउनुपर्छ जो आफै बाँच्न सकोस् । धेरै ठूलो राजनीतिक संघर्षबाट विकास र समृद्धिको नयाँ यूगमा देश प्रवेश गरेको बताउँदै देश र जनताका पक्षमा मात्र काम गर्न सबै लाग्नुपर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा,  विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष, पुन निर्माण प्राधिकरणका इन्जिनियर लगायतले मन्तव्य राख्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्