काठमाडौँ — राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलाई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

गोरखाका पाण्डे प्रदेश ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन्। उनी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन्। पाण्डे २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति भएका थिए। बालकृष्ण खाँड तरुण दलको अध्यक्ष भएका बेला पाण्डे महासचिव थिए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्