काठमाडौँ, २०७६ साल साउन १९ गते आइतबार । महर्षि कलेज सामाखुशीले गरिब तथा जेहन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने भएको छ ।

कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीलाई आज एक कार्यक्रमको ‘स्वागत समारोह’मा कलेजका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले गरिब र जेहन्दार विद्यार्थीलाई महर्षि कलेजले निःशुल्क पढाउने घोषणा गर्नुभयो ।

“कोही विद्यार्थीपनि उच्च शिक्षा पाउनबाट बञ्चित नहोस् भन्ने योजनाअनुसार कलेजले निःशुल्क अध्यापन गराउन लागेको हो,”–उहाँले भन्नुभयो ।

सांसद दवाडीले मुलुकमा लामो राजनीतिक सङ्घर्षपछि तीन तहको निर्वाचन सम्पन्न भएकाले सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पुरा गर्न गुणस्तरीय शिक्षामा सबै कलेज लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

महर्षि कलेजका प्राचार्य निर्मल पौडेलले महर्षि कलेजले सैद्धान्तिक शिक्षाका साथसाथै व्यवहारिक शिक्षालाई पनि विशेष प्राथमिकता दिएको बताउनुभयो । मुलुकको शिक्षा क्षेत्रको विकासका लागि महर्षि कलेजले महत्वपूर्ण योगदान दिँदै आएको उहाँको भनाई थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद पण्डितले सामाखुशी क्षेत्रको शैक्षिक विकासमा महर्षि कलेज अगाडि बढिरहेको बताउनुभयो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्