काठमाडौं, १७ साउन २०७६ । मौसमविद्हरुले आगामी आइतबारसम्म पानी पर्ने पूर्वानुमान गरेका छन् ।

उनिहरुले तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने बताएका हुन् ।

शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडी भू–भागको एक वा दुई स्थानमा भारी वर्षा हुने बताएका हुन् । मौसमविद्का अनुसार यो समयमा उच्च सतर्कता अपनाउनुपर्नेछ ।

मौसमविद्का अनुसार अहिले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर रहेको छ । उक्त रेखा बिस्तारै नेपालतर्फ सर्दै आइरहेको मौसमविद्को भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्