काठमाडौं, २०७६ साल साउन १५ गते बुधबार । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले संविधान र लोकतन्त्र दुई तिहाइको सरकारका अगाडि निरीह भएको बताउनु भएको छ ।

संविधानतः व्यवस्थापिका संसदको सभामुख र उपसभामुख एउटैे पार्टीको हुन नहुने व्यवस्था भएपनि हाल सत्तारुढ नेकपाकै तर्फबाट छन् ।

त्यसतर्फ संकेत गर्दै पौडेलले बुधबार दिउँसो ट्विट गरेका छन्, “संसदको सभामुख उपसभामुख,अध्यक्ष उपाध्यक्ष एउटै दलको हुन नसक्ने विषय संविधानमा स्पष्ट व्यवस्था छ । तर, सबै तहमा एउटै दलको प्रतिनिधित्व भएको अवस्था छ । यो विवाद होइन, बलमिच्याईं हो।  चौध महिना भयो यो विषय अदालत पुगेको तर टुङ्गिदैन । बिचरा हाम्रो संविधान र लोकतन्त्र दुई तिहाइका अगाडि कति निरीह छ ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्