काठमाडौं, १५ साउन २०७६ । योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्न लागेका छन् ।

भट्टराईले आजै चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिनु भयो ।

गत फागुन १५ गते मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिक्त थियो ।

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका भट्टराई पहिलोपटक मन्त्री नियुक्त हुन लागेका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्