गोरखा, १४ साउन २०७६ । गोरखा भिमसेन थापा गाउँपालिका वडा न ४ घर भएका राजु खनाल रुखबाट लडेर मेरुदण्डको हड्डी भॉंचिएर आर्थिक अभाबको कारण उपचारको लाई बिभिन्न संघ संस्थाबाट केहि रकम प्राप्त भएको छ ।

जसमा पछिल्लो समय प्रवास भारत बस्ने नेपाली लगायत देशहरुबाट पनि केहि रकम प्राप्त भएको धावा गोरखा बिकास समन्वय समितिका कोषाध्यक्ष ईन्द्र भट्टले जानकारी दिनु भयो ।

राजु खनाल सहयोग अभियान हामीले केही महिना अगाडिदेखि आर्थिक संकलन अभियान अघि बढाएका थियौं । यस अभियानमा छोटो समयमा नै हामीले नगद पैसा संकलन गर्न सफल भएका छौ । यस अभियानअन्तर्गत ३ महिना अघि विभिन्न ब्यक्तिहरु सङ रुपैयाँ १,१२,०००। (एक लाख बाह्र हजार) नगद संकलन गरि घाइते लाई भेटघाट गरि उहाँको परिवारलाई नगद हस्तान्तरण गरीसकेको कुरा जानकारी गराउदछौ ।

साथै, मलेसियामा कार्यरत भिमसेन थापा गा.पा ४ चौतारा १ निवासी राम प्रसाद पान्डे ज्युले रुपैया ७९००।( सात हजार नौसय रुपैया) सहयो गर्नु भएको छ। भने अर्का मनकारी समाज सेवी ब्यक्तित्व धावा गोरखा नेपाली प्रवासी संघ दिल्ली को अध्यक्ष – यामलाल शाक्य,लगाएत अन्य साथीहरू को पहलमा घाइते राजु खनालको सहयोगार्थ सहयोगी ब्यक्तीहरुबाट रकम संकलन गरिएको हो भन्दै जानकारी गराउनु भयो ।

जम्मा उठेको रकम रु,३४६१६ प्रबासी संघ दिल्लीको कोषबाट रु १५३८४ गरी जम्मा रु ५०,०००। उठेको रकम धावा गोरखा विकास समन्वय समितिका कोषाध्यक्ष इन्द्र भट्टलाई उक्त रकम हस्तान्तरण गर्नु भएको थियो ।

साथै प्रबासी संघ दिल्ली को रुपैया ५०,०००। (पचास हजार) र रामप्रसाद पान्डे मलेसियाबाट रुपैया ७९००(सात हजार नौ सय) गरि जम्मा रुपैया ५७,९००(सन्ताउन्न हजार नौसय) ग्लोबल आइएमी बैक खोलेसिमल शाखाको B507010005577 राजु खनालको खातामा पठाइएको जानकारी गराउनु भयो ।

यस महान कार्यका लागि सहयोग गर्नुहुने सम्पूर्ण मनकारी आत्मिय मित्रहरूलाई संस्थाका तर्फबाट हृदय देखि नै हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्