नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको देवचुली नगरपालिकामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिहान ५ बजे नवलपुरको देवचुली ३६ घरेस्थित राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ५७३१ नम्बरको ट्रकले बिपरित दिशाबाट गइरहेको लु २३ प ६४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही टिकैलीगढका कृष्ण प्रसाद थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

थारुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ज्यान गएको हो । मोटरसाइकलमा पछाडि सवार नवलरासी सुनलवल १० का तुलाराम कुवर गम्भिर घाइते भएका छन् । घाइते कुवरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । कान्तिपुर पत्रिकाबाट साभार ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्