बीबीसी, १४ साउन २०७६ । अमेरिका र क्यानडामा व्यक्तिगत विवरण समेटिएका १० करोड ६ लाख तथ्यांक चोरी भएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ । क्यापिटल वन नामक वित्तिय सेवा कम्पनी लक्षित गरिएको ह्‍याकमार्फत उक्त परिमाणमा तथ्यांक चोरी गरिएको हो ।  प्रहरीले सोमबार तथ्यांक चोरीमा संलग्‍न ह्‍याकरलाई पक्राउ गरेपछि मात्र तथ्यांक चोरी भएको खुलासा गरिएको थियो ।

उक्त कम्पनीका अनुसार क्रेडिट कार्डमा उल्लेख भएको व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर चोरी गरिएको थियो । तर, ह्याकरले व्यक्तिको खाता नम्बर भने चोरी गर्न नसकेको कम्पनीले जनाएको छ ।

अमेरिकामा क्यापिटल वन मुख्य क्रेडिक कार्ड जारी गर्ने वित्तीय संस्था हो । जसअन्तर्गत नै केही बैंकहरु पनि सञ्‍चालनमा छन् । कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त ह्याकमार्फत करिब एक करोड अमेरिकी नागरिक र ६० लाख क्यानेडेली नागरिक प्रभावित भएका छन् ।”

तथ्यांक चोरी भएको १९ जुलाईमा थाहा भएको थियो । कम्पनीले ह्याकरले ‘कन्फिगुरेसन कोड’मा समस्या उत्पन्‍न गराएर तथ्यांक चोरी गरेको थियो । चोरी गरिएका तथ्यांकमा भएको नाम र जन्ममितिका आधारमा व्यक्तिको खातामा भएको रकम, आयव्यय विवरण र सम्पर्क सूचनामा पहुँच स्थापित गरेको थियो ।

कम्पनीले उनीहरुको तथ्यांक चोरी भएको जानकारी गराएको थिएन । उक्त जानकारी नहोस् भनेर प्रभावितहरुलाई नि:शुल्क क्रेडिट प्रयोग गर्ने पहुँच दिएको थियो । जसको सञ्‍चालनमा विशेष सुरक्षा अपनाइएको थियो । कम्पनीमा अध्यक्ष रिचार्ड फेयरब्यांकले भने, “ह्याकर पक्राउ परेकोमा खुशी लागेको छ । तर, यस्तो घटना भएकोमा माफी चाहन्छु ।”

पक्राउ पर्नेमा ३३ वर्षीय पेइज थोम्सन रहेका छन् । उनलाई ‘कम्प्युटर फ्रड र अब्युज’ मुद्दा चलाएर कारबाही अघि बढाएको  छ । उनको मुद्दाको सनुवाई १ अगस्टमा हुनेछ । उनलाई पाँच वर्षको जेल सजाय र २५० हजार डलर जरिबाना हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्