गोरखा, १३ साउन २०७६ । गोरखामा यसबर्ष चारवटा सडकको काम कत्तिपनि नभै बजेट फिर्ता भएको छ । गोरखा बारपाक सडकको पहिलो खण्डको काम, चोरकाटे तार्केडाँडा सडक, गोरखा फिनाम सडक र मान्बु, काशिगाउँ केरौंजा सडक निर्माणको काम कत्ति पनि नभएको गोरखास्थित सडक योजना कार्यालयले जनाएको छ ।

गोरखा बारपाक सडकलाई चारवटा प्याकेज बनाएर काम सञ्चालन गरिएको थियो । तिनीहरुमध्य पहिलो खण्डको काम कत्तिपनि भएको छैन । सो सडक कालोपत्रे गर्ने काम कत्तिपनि नभएपछि ठेक्का रद्द गरेको योजना प्रमुख रविन्द्रलाल दासले जानकारी दिए ।

कामका लागि बारम्बार पत्राचार गर्दा, फोन गर्दा ठेकेदारले काम नगरेकाले ठेक्का रद्द गरेको उनले बताए । ‘सो खण्डको केही भाग मध्यपहाडी राजमार्गलाई हस्ता न्तरण गर्ने क्रममा थियो । मध्यपहाडीलाई दिएपछि बाँकी रहेको सातसय मिटर कालोपत्रे गर्न ठेकेदारलाई गर्न बारम्बार प्रयास गर्दा पनि सम्पर्कमै आएन’, योजना प्रमुख दासले भने, ‘हामीसंग ठेक्का तोड्नुको बिकल्पै भएन ।’

गोरखा, फिनाम सडक कालोपत्रे गर्ने काम पनि कत्तिपनि भएको छैन । काम कत्तिपनि नभएपछि सडक कालोपत्रे गर्नका लागि प्राप्त ६२ लाख रुपैयाँ फिर्ता भएको सडक योजना कार्यालयले जनाएको छ । ‘जेठको अन्तिमतिर बजेट आयो’, योजना प्रमुख दासले भने, ‘पानी पर्न थालिहाल्यो । यस्तो बेला काम गर्नु हुदैन भनेर गरिएन । बजेट फिर्ता गयो ।’

त्यस्तै सोही सडकको चोरकाटेबाट लुइँटेल, भच्चेक सडकको तार्केडाँडासम्म जोड्ने सडक स्तरोन्नतीको काम पनि यसबर्ष सुन्य प्रतिशत प्रगत भयो । सडक योजना कार्यालयले ठेक्का गरिसकेपछि प्रदेश सरकारले गर्ने जानकारी आएपछि काम अघि बढाउन नसकेको सडक योजना कार्यालयले जनाएको छ ।

सो सडकका लागि एक करोड रुपैंया बजेट प्राप्त भएको थियो । सो बजेट पनि फिर्ता गएको कार्यालयले जनाएको छ ।

धादिङको बसेरीबाट मान्बु, काशिगाउँ, केरौंजा हुदै हुल्चुकसम्म जोड्ने सडकको काम पनि कत्तिपनि हुन सकेको छैन । ‘हुल्चुकबाट टूयाक खन्न सुरु गर्ने भन्ने आदेश आयो तर हुल्चुकसम्म डोजर लान सक्ने अबस्था नै भएन । त्यसैले त्यो सडकको काम सुरु नै गर्न सकिएन’, इञ्जिनियर दासले भने । सो सडकका लागि प्राप्त एक करोड रुपैंया पनि फिर्ता गएको उनले बताए ।

बेनिघाट आरुघाट सडकका लागि प्राप्त एक करोड र गुम्दा गाउँ माछाखोला सडकका लागि प्राप्त एक करोड रुपैयाँको काम भने सम्पन्न भएको छ । दरौदिको साथमा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्