अछाम, १३ साउन २०७६ । अछामको चौरपाटि गाउँपालिका ६ दुनिका फरक क्षमता भएका एक बालकलाई जापानमा बस्ने नेपालीले आर्थिक सहयोग गर्ने अभियान संकलन गरि सहयोग गरेका छन ।

हात खुट्टा नचल्ने , बोल्न नसक्ने तर पढाइमा इच्छा देखाएका दुनिको लिगुलेसैन टोलका १५ बर्षिय टेकबहादुर साउदलाई अछाम जापान सरोकार मन्चका पदाधिकारीले अभियान नै सन्चानल गरि ५६ हजार रुपैयाँ संकलन गरेको अछाम जापान सरोकार मंचका संयोजक लोकेन्द्रजंग कुवँर “लोचन” ले जानकारी दिनुभयो ।

विभिन्न सन्चार माध्यम र सामाजिक संजालबाट प्रस्तोता विध्या छापागाई हेर्ने कथाको १६ औ अंकमा ती बालकको अवस्था सार्वजनिक भएपछी सामाजिक संजाल फेसबुकमा स्टाटस राखेर अभियान सुरु गरेको उहाँले बताउनु भयो ।

जापानमा रहेका कृष्ण भन्डारी प्रेम मल्ल, पृतिष्ठा कठायत लागयतले उक्त बच्चाको पारिवारिक अवस्था र खुट्टाले लेख्ने कुरा थाहा पाएपछी आफ्नो नेतृत्वमा आर्थिक सहयोग संकलनमा लागेको सुदूरपश्चिमेलि नेपाली समाजका केन्द्रिय सदस्य समेत रहेका कुँवरले बताउनु भयो ।

टेकबहादुरको अवस्था थाहा पाउने बित्तिकै हामीले आर्थिक सहयोग जुटाउन सुरु गरेका थियौं । नेपालमा दुई महिना अगाडि पैसा पठाएपनी भौगोलिक विकट्तालगायतका कारणले पैसा बालकलाई हस्तान्तरण गर्न अलि ढिलो भयो ।

कुँवरले भन्नुभयो , यो भन्दा अगाडि पनि अप्ठ्यारोमा परेकालाई सहयोग गरेका छौं । अझै पनि गर्ने छौँ । हाम्रो अभियानमा साथ दिने सबैलाई धन्यवाद ।

जापानबाट पठाइएको उक्त रकम जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवर , उपप्रमुख टोपबहादुर रावल , दुनिका वडा अध्यक्ष मने साउदलगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । खुट्टाले लेख्ने र फरक क्षमता भएको छोरालाई देश बिदेश सहयोग भैरहेको र सहयोग गरेको रकम बालकको उपचार र रेखदेखमा खर्च गर्ने उनका बुवा तुले साउदले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्