एजेन्सी, १३ साउन २०७६ । इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी हुँदा आर्सनल पराजित भएको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब रिडिङलाई ४–३ गोल अन्तरले हराएको हो ।

रिडिङको मैदानमा चेल्सीलाई जिताउन मासोन माउण्टले दुई गोल गरे । यस्तै केनेडी र रोस बर्क्लीले १–१ गोल गरे ।

रिडिङका लागि जोश बारेट, माइकल मोरिसन र साम बाल्डोकले एक एक गोल गरे ।

यता, इमिरेट्स कपमा फ्रेन्च क्लब लियोंले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलेको आर्सनलले ३५ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङको गोलबाट सुरुवाती अग्रता बनाए पनि हार्न पुग्यो ।

लियोलाई जिताउन दुवै गोल मौसा डेम्बेलेले गरे । डेम्बेलेले ६६ औं र ७५ औं मिनेटमा गोल गरेका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्