एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलामाथि दुई च्याम्पियन्स लिग फुटबलका खेलमा प्रतिबन्ध लागेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय, युइएफएले गार्डिवलामाथि प्रतिबन्ध लगाएको हो । गएको अप्रिल १० मा भएको च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा गरेको व्यवहारका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो । घरेलु मैदानमा भएको त्यो खेलमा गार्डिवलालले रेफ्रीको एक निर्णयमा आपत्ति जनाएको थिए ।

त्यसपछि रेफ्रीले उनलाई हाफ टाइममा रातो कार्ड देखाएका थिए । युइएफएले सोही घटनाको निर्णय अहिले गरेको हो । उनले अब आउँदो सिजनका सुरुको एक खेल गुमाउने छन् । अर्को एक प्रतिबन्धित खेल भने अर्को वर्षका लागि सर्नेछ । गार्डिवलाले भने आफूले रेफ्री मातेउ लाहोजको इनसल्ट नगरेको दाबी गर्दै आएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्