काठमाडौँ, २०७६ साल साउन १२ गते आइतबार । सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालिन अपरेशन केन्द्र (NEOC) का प्रमुख बेद निधि खनालको प्रमुख आथित्यतामा स्थानीय विपद् प्रतिकार्य टोलीका लागि समन्वय तथा व्यवस्थापन सम्बन्धि तालिम समापन भएको छ ।

इकोको आर्थिक सहयोगमा, प्रयासको दोस्रो परियोजना र सिरानचोक, भिमफेदी र ईन्द्रवती गाउँपालिकाका आयोजनामा साउन ७ गतेदेखि ११ गतेसम्म बाल क्षेत्र नेपाल साखु काठमाडौँमा तालिम संचालन भएको थियो ।

गोरखा, मकवानपुर र सिन्धुपाल्चोक तिन वटै जिल्ला समन्वय समितिका प्रतिनिधिहरु सहित तालिममा ३५ जना सहभागी हुनु भएको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीन तहको संरचना हुने भनी नेपालको संबिधान (२०७२) को धारा ५६ मा ब्यबस्था भए बमोजिम मिति २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित गरी कार्यन्वयनमा आएको ७४४ स्थानीय तहमध्ये गोरखा, मकवानपुर र सिन्धुपाल्चोक ३ वटै जिल्ला समाबेश हुने गरी तालिम पहिलो पटक आयोजना गरिएकोमा तीन जिल्लाबाट उत्साहपुर्बक सहभागीता रहेको थियो ।

बिपत जुनसुकै बेला जहा पनि आउँन सक्छ, एक जनाले मात्र बिपद्का बेला सामना गर्न असम्भब हुन्छ, बिपद्का बेलामा सबैको सहकार्य प्रमुख आवश्यक रहेको छ । विपदको समयमा आ-आफ्नो ठाउँबाट सक्दो सहायोगी भूमिका साथ-सहयोग भएमा अबको १२ वर्ष पश्चात विपदलाई आधा रुपमा कम गर्न सकिने गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालिन अपरेशन केन्द्र (NEOC) का प्रमुख बेद निधी खनालले बताउनु भयो ।

बजेट बक्तब्यमा पनि नेपालमा हुने विपद व्यवस्थापनका लागि बजेट छुट्टाउनु आवश्यक रहेको देखिन्छ । भर्खर मात्र देशभर गएको बाढी पहिरोको कारण धनजन, मानबिय क्षति भएको स्मरण गर्नु हुँदै, बिपदको पुर्ब तयारी मात्र नभएर दिगो रुपमा हुन जरुरी रहेको छ ।

साथै, विपद् जोखिम व्यवस्थापनका कार्यहरूलाई संस्थागत गरी विपद्का दृष्टिले सुरक्षित समुदायको निर्माण गर्नका लागि आ-आफ्नो स्थानीय तहका आवधिक र वार्षिक कार्यक्रममा समेत मूलप्रवाहीकरण गरी दीगो विकास गर्न जरुरी रहेको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।

सिरानचोक गाँउपालिका उपाध्यक्ष रीता देवकोटा , इन्द्रावती गाँउपालिका वडा न ३ का वडा अध्यक्ष देब प्रसाद बानियाँ, सिरानचोक गाँउपालिका वडा न २ का वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, प्रशिक्षक मोदराज पाण्डे, सिरानचोक गाँउपालिका वडा न ४ का वडा अध्यक्ष दिपक हमाल, इन्द्रावती गाँउपालिका वडा न ९ का वडा अध्यक्ष बाबुराम, स्वाँरा सघन गाउँ विकास केन्दका प्रयास परियोजना २ का जिल्ला कार्यक्रम संयोजक तथा स्थानीय विपद् प्रतिकार्य टोलीका लागि समन्वय तथा व्यवस्थापन सम्बन्धी तालिमका आयोजक, संयोजक अभिषेक ओझा, केयर नेपालका कार्यक्रम संयोजक सुरेन्द्र बम, CCDM का प्रमुख महेन्द्र मगर लागायत महानुभावहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन परियोजना स्थानीय विपद् प्रतिकार्य टोलीका लागि समन्वय तथा व्यवस्थापन सम्बन्धी तालिमका आयोजक, संयोजक, ब्यवस्थापक अभिषेक ओझाले गर्नु भएको थियो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्