पोखरा, १० साउन २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लास्थित दोर्दीखोलामा यही साउन ८ गते आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत परियोजनाका कामदारप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै मुख्यमन्त्री गुरुङले शोकसन्तप्त परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा बेपत्ताहरू सकुशल फेला पर्ने अपेक्षासहित खोजी, उद्धार र राहतका लागि जुट्न सबैमा आग्रहसमेत गरिएको छ ।

उनले यस किसिमको प्राकृतिक विपत्ति आउन सक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्वतयारीमा जुट्न र सावधानी अपनाउनसमेत सबैमा आग्रह गरेका छन् ।

दोर्दीखोलामा निर्माणाधीन जलविद्युत आयोजनाको काम गर्दै गरेका कामदारलाई बाढीले बगाएको थियो । बाढीमा परेका चारको शव फेला परेको छ भने सात हराइरहेको प्रहरीले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्