काठमाडौं, २०७६ साल साउन १० गते शुक्रबार । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दोस्रो बन्दमुखी योजना एनआईसी एसिया ब्यालेन्सड फन्डको निष्कासन तथा बिक्री खुला भएको छ ।

यसको प्रतिएकाइ १० रुपैयाँ दरका १२ करोड ५० लाख एकाइमध्ये बीज पुँजीबापत न्यूनतम १५ प्रतिशत एकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड ६२ लाख ५० हजार एकाइको निष्कासन तथा बिक्री खुला भएको हो ।

माग गरे बमोजिमको आवेदन प्राप्त भएमा उक्त एकाइको निष्कासन बन्द साउन १२ गते बैंकिङ समय पश्चात् हुनेछ भने पर्याप्त मात्रामा आवेदन नपरेमा एकाइको निष्कासन तथा बिक्री खुला भदौ ५ गतेसम्म रहनेछ ।

यस योजनाको अवधि १० वर्ष रहेको भन्दै बैंकले उक्त ब्यालेन्सड फन्डको एकाइ खरिद गर्नका लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्ने जनाएको छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्