काठमाडौं, ९ साउन २०७६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतबाट आयात हुने तरकारी तथा फलफूल विषाक्त परीक्षण गरेरमात्रै भित्र्याउनुपर्ने माग राख्दै झापामा प्रदर्शन गरेको छ ।

नेविसंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा विद्यार्थीहरुले बिहीबार दिउँसो पूर्वी नाका काँकडभिट्टामा विषाक्त परीक्षण गरेरमात्रै तरकारी तथा फलफूल आयात गरिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

विषादीयुक्त तरकारी तथा फलफूल जाँच गरेरमात्रै नेपाल भित्र्याइनुपर्ने नेविसंघको माग र सर्वोच्च अदालको निर्णयलाई सरकारी पक्षले बेवास्ता गरेका कारण काँकडभिट्टा नाकामा गएर प्रदर्शन गरिएको नेविसंघ झापाका अध्यक्ष उप्रेतीले जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्