गोर्खा, ९ साउन २०७६ । राष्ट्रिय विभूती भिमसेन थापाको जन्म स्थल गोरखामा पहिलो पटक औपचारीक कार्यक्रम गरिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ४ को आयोजनामा बिहीबार बिहान भिमसेन थापाको २४४ औं जन्म जयन्ती मनाईएको थियो ।

नगरपालिकाको पदेलीथोकमा पुख्यौली घर भएका थापाको सम्झनामा नगरपालिकाले भिमसेन पार्क समेत निर्माण गरी रहेको छ ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले राष्ट्रिय विभूती भिमसेन थापाको त्याग र योगदानको सम्मान गर्न आगामी बर्ष देखी भब्य रुपमा कार्यक्रमको आयोजना गर्ने घोषणा गर्नु भयो ।

नगर प्रमुख पन्तले उत्त कार्यक्रममा थापाको सम्मानमा पार्क भित्र पुर्ण कदको शालिक तत्कालै निर्माण गरी १ महिना भित्रै स्थापना गर्ने घोषणा गर्नुभयो ।

सदरमुकाममा भएको कार्यक्रममा पिपलथोक देखी बाजागाजा सहित भिमसेन पार्क सम्म ¥याली समेत गरीएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्