गोरखा, ८ साउन २०७६ । नेपाली कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेको पहलमा न्युयोर्क बस्ने ध्रुव लामिछाने र क्यालिफोर्निया बस्ने चन्द्र धिताललगायतको सहयोगमा संकलित गरिएको आर्थिक रकम सचिव नन्दप्रसाद न्यौपाने र सान लियान्ड्रो क्यालिफोर्नियाकी अध्यक्ष माया धितालले पीडितका परिवारलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ ।

गोरखा जिल्ला आरुघाट गाउपालिका वडा न १  निबासी पदम ब, कार्कीको छोरी बर्ष २३ की सन्जिता कार्कीको दुबै मिर्गौलाले काम नगरेको हुदा उहाँको दुबै मिर्गौला प्रत्यारोपण गर्न आर्थिक सहायोग प्रदान गर्नु भएको हो । गोरखाली समाज न्युयोर्कले एक लाख रुपैयाँ र लायन्स क्लव अफ सान लियान्ड्रो क्यालिफोर्नियाबाट दुई लाख १५ हजार गरी कुल तीन लाख १५ हजार रुपैयाँ कार्कीको परिवारलाई अध्यक्ष माया धितालले बुधबार हस्तान्तरण गर्नु भएको हो ।

त्यसैगरी, आरुघाट गाउँपालिका २ मान्बुका ७ वर्षीय सागर दाहाल नन होकिङ्स ल्याम्फोमा रोगबाट पीडित भएका छन्  । उनको आर्थिक अवस्था कमजोर भएको कारण  उनको उपचारका लागि पनि आर्थिक सहयोग जुटेको छ । गोरखाली समाज न्युयोर्कले एक लाख १८ हजार ७५ रुपैयाँ बुधबार परिवारलाई हस्तान्तरण गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्