लमजुङ, ८ साउन २०७६ । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ । १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

बुधबार दिउँसो आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको दोर्दीखोला गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिनु भयो । मृतकको सनाखत हुन सकेको छैन ।

जलविद्युत आयोजना निर्माणको काम गरिरहेका कामदारलाई एक्कासी आएको बाढीले बगाएको बताइएको छ । हिमालतिर पहिरो खसेर नदी थुनिएको र अचानक फुटेपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्