ओम पाण्डे

अमर छैन मान्छेको जीवन….    .नठान छु कालजयी, अमर जीवन कहाँ छ र?,

जन्मे पछि मृत्यु साथै, हेर आफ्नै वरपर  ।।

बादलुमा हिंउँ राजा, सफा नभ घाम राजा

खुबै हुन्छ सत्ता मात, अशक्तकाे धाम राजा।

बाँचुन्जेलको जिन्दगानी, मात प्याला तलतल,

मृत्यु शैया पुगे पछि, न हतार न अलमल ।।

पखेटामा तागत छ, चरी आकाश भररर

जन्मे पछि मृत्यु साथै, हेर आफ्नै वरपर  ।।

एकै छिनको खितितिती, अनि आँसु बररर,

बन्दा जीवन धोकामय, छाती फुट्छ चरचर ।

डाँडाबाट पानी खस्दा, झर्ना लाग्छ झरझर,

भिजिहेर त्यही पानीमा, मुटु काँप्छ थरथर ।.

नझरुन्जेल वागमा फूल, बास्ना दिन्छ हररर,

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्