जापान, ८ साउन २०७६ । रुसले चीनसँग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेको बताएको छ ।

बीबीसीका अनुसार रुस–चीनको हवाई गस्तीको प्रतिक्रियामा जापान र दक्षिण कोरियाले पनि आफ्ना जेटहरू पठाएका छन् ।

रुसी रक्षा मन्त्रालयले लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा गस्ती गरेको जनाएको छ ।

उक्त गस्ती पूर्व योजना अनुरूप तोकिएको हवाई मार्गमा गरिएको उसको भनाइ छ ।

दक्षिण कोरियाले भने आफ्नो क्षेत्रमा रुसी विमानहरू प्रवेश गरेको देखेपछि मेसिन गनबाट गोली चलाएको र आगोको लप्काले आक्रमण गरेर चेतावनी दिएको बताएको छ ।

उक्त घटनालाई लिएर जापानले रुस र कोरिया दुवैको विरोध गरेको छ। त्यो घटना दक्षिण कोरियाद्वारा कब्जा गरिएको तर जापानले पनि दाबी गरिरहेको एउटा टापुमाथि भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्