टोकियो, ७ साउन २०७६ । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०१९-२१ का लागी युवा उपाध्यक्षको पदमा नारायण खड्काले आफ्नो उम्मेदबारी घोषणा गर्नुभएको छ ।

करिब १५ बर्ष पहिले अध्ययनका लागी जापान छिर्नू भएका खड्का हाल जापानको एक प्रतिष्ठित इन्जिनियरिंग कम्पनीमा कार्यरत हुनुहुन्छ । पेशाले इन्जिनियर खड्का बिगत २००६ साल देखिनै प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनआरएनए जापानको अभियानमा सहभागी हुदै आऊनुभएको छ ।

सामाजिक पृष्ठभूमिबाट हुर्किएका खड्का नेपालमा समेत NGO संचालन गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।

बि स २०७२ सालमा नेपालमा गएको माहाभुकम्म्पमा आफै नेपाल गएर १ बर्ष नेपालमा नै बसी भूकम्प पिडित नेपालीहरुको दुःखको घाउमा मलमपट्टि लगाउने काममा सक्रिय रहँदै आफुले काम गर्ने कम्पनी र व्यक्तिगत सहयोगमा प्रभाबित क्षेत्रमा गएर ६५ वटा घर ४ वटा बिधालय पूननिर्माण गरी हस्तान्तरण गर्नुभएको थियो ।

सामाजिक कार्यबाट नै आत्मा सन्तुष्टि प्राप्त हून्छ भन्ने मनोभाबनाका खड़का NRNA जापानको २०१७-१९ को कार्यसमितिमा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भई आफ्नो जिम्मेबारी कुशलता पूर्वक पूरा गरिसक्नु भएको छ ।

पेशाले इन्जिनियर खड्काको उद्देश्य NRNA मार्फत जापानमा रहेका सबै खाले नेपाली युवाहरुलाई समेटी राष्ट्र निर्माणको अभियानमा शिप र technology ट्रान्सफर गर्दै युवा सहभागितामूलक समाजको निर्माणमा आफु उन्मुख हूने प्रतिबद्धता सहित आफ्नो यूबा उपाध्यक्षमा उम्मेदबारी घोषणा गर्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्