गोर्खा, ७ साउन २०७६ । नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ३७ औं स्मृति दिवश गोरखा कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाली काँग्रेस गोरखा क्षेत्र नम्बर १ का कार्यबाहक सभापति रोशन गुरुङको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा पूर्व मन्त्री चीरन्जीवि वाग्ले, जिल्ला उपसभापति सुकदेव दवाडी, सचिवहरु पूर्णबहादुर दाहाल र नन्दप्रसाद न्यौपाने, कोषाध्यक्ष कृष्ण बहादुर आले, सहसचिव नारायण लामिछाने, महादिवेशन प्रतिनिधि किरणबाबु श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, जिवनप्रेम श्रेष्ठ, महिला संघकी गोरखा नगर अध्यक्ष बिनाकुमारी श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष यदु अधिकारी, विश्वेश्वर प्रसाद कोइरालाका बारेमा विद्यावारिधि गरेका आरुघाट निबासी वीरेन्द्र पुडासैनी, नेबिसंघका जिल्ला अध्यक्ष सुबास अधिकारी, रामबहादुर थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका बक्ताहरुले अहिलेको समयमा विपीको बिचार र आर्दश झनै सान्दर्भिक भएको बताउनु भयो ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राज नीतिक नेतृत्व दिएका थिए ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जन निर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्