विराटनगर, ७ साउन २०७६ । नेपाली कांग्रेस मोरङले मोरङ व्यापार संघ र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सोमबार सम्मान गरेको छ । वीपी कोइरालाको ३७ औं जन्मजयन्तीको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दुबै संस्थाका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको हो ।

त्यस अवसरमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, महासचिव अनिल साह, विराट व्यापार संघका अध्यक्ष सुजन थापालगायत पदाधिकारी र सदस्यहरूलाई कांग्रेस केन्द्रीयहरू सदस्य एवं सांसद डा। डिला संग्रौला, अमृत अर्याल, हसन अन्सारी, मोरङ सभापति डिगबहादुर लिम्बूलगायतले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरेको थियो ।

नेपालको राजनीतिक र आर्थिक क्रान्तिमा उद्योगी व्यवसायीको महत्वपूर्ण योगदान भएकाले दुवै संस्थाका नव-निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताउनु भयो । ‘उद्योगी व्यवसायीले उठाउँदै आएको मुद्दामा कांग्रेसको सधैं साथ रहनेछ ।’’ कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले सरकारले लगाएको अचाक्ली करका कारण उद्योगी व्यवसायीहरू हतोत्साहित भएको बताउनु भयो ।

कांग्रेस केन्द्रीय सदस्य डा संग्रौलाले मुलुकमा निजी क्षेत्रको लगानीबिना वीपी कोइरालाको सपना अधुरो हुने बताइन् । उनले भनिन्,‘‘वीपी कोइरालाले समृद्धि नेपालको सपना अझै पूरा हुन सकेन ।’’उनले निजी क्षेत्रलाई उपेक्षा गरेर समृद्धि नेपाल सुखी नेपालीको सपना देख्ने कम्युनिष्ट सरकारबाट मुलुक अगाडि नबढ्ने दाबी गरिन ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसले मात्रै लगानीको वातावरण बनाउने दाबी गर्दै ,“अहिले लगानीको वातावरण छैन । उद्योगी व्यवसायीहरू पलायन भइरहेका छन् । यसरी नै करको भार थोपर्दै जाने हो भने संघीयता नै असफल हुन्छ ।” उहाले भन्नुभयो ।

कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य हसन अन्सारी, मोरङ सभापति डिकबहादुर लिम्बू, सचिव नागेश कोइराला, मोदराज घिमिरे, प्रदेश सांसद शिवनारायण गन्गाई, महा-समिति सदस्य आशाकुमारी सरदार लगायतले उद्योगी व्यवसायीको समस्यामा कांग्रेसको सधैं साथ रहने आश्वासन दिनुभयो  ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्