गोरखा, ६ साउन २०७६ । गोरखाको भिमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भिमसेन थापाको जन्मदिनको अवसरमा साउन ९ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

थापाको जन्मदिनमा वर्षेनी साउन ९ गते गाउँपालिकाभर बिदा हुने साउन ३ गते बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको हो ।

थापाको २४४ औं जन्मजयन्तीमा साउन ९ गते बोर्लाङ चण्डीथोकस्थित भिमसेन थापा स्मारकमा जन्मजयन्ती मनाउने कार्यक्रम समेत गाउँपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्