जापान, ६ साउन २०७६ । यतिबेला बिभिन्न देशहरुमा एन आर एन ए को चुनाबी सरगर्मी बढेको छ ।

जापानमा बिभिन्न क्षेत्रिय अधिबेशन चलिरहदा केन्द्रको नेत्रित्वका आकाङ्क्षीहरुले आफ्नो ईच्छा देखाउन थालेका छन् । बहालवाला अध्यक्ष टासी लामाले अध्यक्ष दोहोराउने घोषणा गर्दै गर्दा बहालवाला कोषाध्यक्ष कालीका थापाले पनि कोषाध्यक्ष मै बसेर काम गर्ने ईच्छा ब्यक्त गर्नुभएको छ ।

सिमपानी न्युजसँगको  कुराकानीमा थापाले भन्नुभयो” जापानबासी धेरै नेपालीहरुले एउटा पुरै कार्यकाल कालिका थापाले काम गरेको देख्न चाहानु भएको छ | गएको कार्यकाल सर्बसहमत कोषाध्यक्ष भएतापनि बिबिध कारणले पुरै कार्यकाल भरी काम गर्न पाईएन । गएको कार्यकाल आधा कार्यकाल जस्तो म आफैलाई पनि महसुस भएको छ । जापानबासी धेरै नेपालीहरु यस बारेमा जानकार हुनुहुन्छ ।

त्यसैले, म अबको कार्यकाल काम गरेर देखाउन चाहान्छु  । गएको कार्यकालमा पनि काम गर्ने बातावरण बिगार्न लाग्नहरु हुदाँ हुदै पनि मैले राम्रो गर्ने प्रयास गरेकी छु । अबको कार्यकाल जापानबासी नेपालीहरुले साथ र सहयोग गर्नुभयो भने दोहोराउछु ।

मेरो उमेदवारी कोषाध्यक्ष पदमै हुनेछ । कालिका थापा जापानमा बिभिन्न सँघ संस्थाहरुमा काम गर्दै एन आर एन ए जापानको बहालवाला कोषाध्यक्ष हुनुहुन्छ । एन आर एन ए जापानको तर्फबाट महिला आईसीसी प्रतिनिधी हुदै कोषाध्यक्ष हुनुभएको हो । गलकोट समाज जापानको उपाध्यक्ष भएकै कारण एन आर एन ए जापानमा कोषाध्यक्ष पदमा रहदा,२ तिर मध्य १ तिर पदाधीकारी छाड्नुपर्ने भनेर उहाँलाई बिबादमा पारिएको थियो ।

उहाँसँगै तमुधी जापानकी अध्यक्ष तथा एन आर एन ए जापानकी उपाध्यक्ष अनिता गरुङलाई एकतिर पाधिकारी छाड्न दबाब दिएर लामो समयसम्म एन आर एन ए मा काम गर्न बाधा खडा गरिएको थियो ।

हक्की र साहसी  स्वभावकी बाग्लुङ गलकोटमा जन्मनु भएकी थापा जापानमा लामो समयदेखी व्यक्तिगत कामलाई एकातिर थाती राखेर समाजसेवामा समय दिदै आउनु भएको छ । उहाँले कोषाध्यक्ष दोहोराउने घोषणा गरेसँगै जापानको एन आर एन ए चुनाबको माहोल तातेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्