काठमाडौँ, ६ साउन २०७६ । शहीद स्मृति प्रतिष्ठानले सोमबार बीपी जयन्तिको अवसर पारेर काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

यसैगरी, मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान रहेको सभापति देउवाले दोहोर्‍याए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने जानकारी दिनुभयो ।

यसैक्रममा, सभापति देउवाले बीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तका रुपमा अघि सारेको उल्लेख गरेका थिए ।

उनले त्यही मान्यताबाट अघि बढ्दा मात्रै देशमा समृद्धि आउने विश्वास पनि व्यक्त गरेको जनाए । साथै, सभापति देउवाले बीपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गरेको थियो ।

बीपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले जनाएका छन् ।

बीपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि उनले उक्त कार्यक्रममार्फत स्पष्ट पारेका छन् ।

यसैक्रममा, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बीपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गराएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्