काठमाडौँ, ६ साउन २०७६ । जापान रोजगारका लागि भाषा परीक्षा यही कात्तिकमा हुने भएको छ । पहिलो चरणमा केयर गिभरका लागि जापानमा कामदार लैजान आगामी अक्टोबर २७ र २८ मा जापनिज भाषा परीक्षा हुने भएको हो ।

भाषा परीक्षा पश्चात नोभेम्बर ६ र ७ मा सीप परीक्षा हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । रोजगार मन्त्रालयका अनुसार भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् भने, सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् ।

मन्त्रालयले परीक्षाको मिति तोेकेपनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता विषयमा टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिनु भयो ।

नेपालले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता गरेका कारण पहिलो चरणमा केयर गिभरको लागि जनशक्ति लैजान लागेको मन्त्रालयले जनाइएको छ ।

यसैगरी, नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानी राजदूत मासासी ओगवाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यसैक्रममा, जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लैजाने जनाइएको थियो । जापानको मन्त्रिपरिषदले गत डिसेम्बरमा विदेशी कामदारलाई जापान भित्र्याउँने नीति पारित गरेपछि नेपाली कामदारलाई पनि जापान जाने बाटो खुलेको छ ।

जापानले उक्त सम्झौतामा विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको थियो । जसमध्ये जापानले नर्सिङ, सरसफाइ, उत्पादन मुलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधनलगायतका अन्य क्षेत्रमा विदेशी कामदार लिन लागेको हो ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्