काठमाडौँ, ५ साउन २०७६ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बैठकले ६ वटा निर्णय गरेको छ । उक्त बैठकले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षणदेखि विभिन्न समिति पनि गठन गरेको छ ।

सोहि अनुसार साउन १२ गतेबाट सातवटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुईदिने प्रशिक्षण आयोजना गर्ने भएको पार्टी कार्यायलका सचिव मुक्ति आचार्यले बताएका छन् । उक्त प्रशिक्षण कार्यक्रम साउन १६ गतेदेखि सुरु गर्ने भएको छ ।

डा.जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार प्रतिष्ठानको बैठकले पाठ्यक्रम निर्माण समितिको गठन समेत गरेको छ । गठन हुनेमा आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा समिति सदस्य रहेका छन् ।

यसैक्रममा, निर्देशिका निर्माण समिति गठन भने तारानाथ दाहालको संयोजकत्वमा गरेको छ । सो समिति सदस्यमा भद्रा पराजुली (भण्डारी) र रामजी कंग्रेन रहेको छ भने, खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरेको छ ।

यस्तै, सुभाष पोखरेल, डा.प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगीरथ पोद्दार र योगराज शर्मा कँडेललाई सदस्यमा गठन गरेको छ ।

यसैगरी, काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा विजयी जनप्रतिनिधिका लागि काठमाडौँमा राष्ट्रिय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्