ललितपुर, ५ साउन २०७६ । अकलादेबी न्युजिक प्रा लि को प्रस्तुतिमा यज्ञ सापकोटाको पारिवारीक मौलिक तीज गीत घर झगडा भाग ३ सार्बजनिक गरिएको छ ।

हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गएको सन्दर्भमा तीज गीतका भिडियो सार्बजनिक हुने क्रम बढ्दो क्रममा रहेको छ । यसै क्रममा मौलिक तीज गीत घर झगडाको भिडियो सार्बजनिक गरिएको हो ।

पारिवारीक मौलिक तीज गीतमा पुरुशोत्तम न्यौपाने, इन्द्र जी सी, यज्ञ सापकोटा, सावित्री मगर र शोभा पन्थीको सुमधुर आवाज रहेको छ । लय यज्ञ सापकोटाको रहेको छ भने शब्द प्रदिप कडेलको रहेको छ ।

चिनु घर्ती मगर, मुना थापा र प्रतिमा भट्टराईको स्वर रहेको गीतमा इन्द्र जीसी।को संगीतको रहेको छ भने शब्द चिनु घर्ती मगरको रहेको छ ।

मदन खड्काले निर्देशनमा तयार भएको उक्त भिडियोमा एउटा घरको यथार्थ घटना लाई चित्रण गरी देखाउन खोजिएको छ । बिरेन्द्र भट्ट ले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, इश्वर भण्डारी, बद्री र मेनुकाको अभिनय रहेको छ ।

https://youtu.be/1cE1368ZHzQ

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्