काठमाडौँ, ५ साउन २०७६ । १२ औं दक्षिण एयिाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका समिर श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

नेपालमा तेस्रो पटक आयोजना भएको प्रतियोगितामा श्रेष्ठले ६५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । काठमाडौंमा शुक्रबार भएको प्रतियोगितामा भारतका दिनेश काम्बेलले रजत जिते भने नेपालका प्रज्वल शाक्यले काय जिते । माल्दिभ्सका अहेमद माहिल चौथो हुन् सफल भएका थिए ।

५५ केजीमा माल्दिभ्सका मोहमद मोसा प्रथम भए । भारतका मुरुजन रामामुर्थी दोस्रो भए भने नेपालका किसन तेस्रो भए । त्यसैगरी, सिनियर पुरुष शारीरिक सुगठनको ६० केजीतर्फ भारतका दिपुदत्त प्रथम हुँदा नेपालका कमल भण्डारी दोस्रो भए । अफगानिस्तानका मोहमद हुसानी तेस्रो भए । त्यस्तै ७० केजीमा अफगानीस्तानका अब्दुल साही हाइदर प्रथम भए । नेपालका रमेश कार्की दोस्रो भए भने अफगानिस्तानका इमरान अलि नाविजादा तेस्रो भए ।

महिला एथलेस्ट फिजिक्समा भारतकी निशा बोयार प्रथम भइन् । नेपालकी रजनी श्रेष्ठ दोस्रो भइन् भने नेपालकी सुजता मानन्धर तेस्रो भइन् ।

पुरुष फिटनेस फिजिक्समा अफगानिस्तानका मामिदुल्लाह प्रथम भए । नेपालका राजु राई दोस्रो भए । अफगानिस्तानका सलेम शाह अनवारी तेस्रो भएका थिए । प्रतियोगितामा पुरुषमा १८ र महिलामा ५ गरी कुल २३ नेपाली खेलाडीले सहभागीता जनाएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्