तिलोत्तमा, २ साउन २०७६ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बुद्घत्वको झल्को दिने गरि स्थापित गरेका बुद्घ मुर्तिहरूमाथी तोडफोड भएको छ ।

सिक्सलेन सडकखण्ड अन्तर्गत तिलोत्तमाको शंकरनगर चोकदेखि नयाँमिलसम्म सडक बिचमा स्थापित ५ वटा बुद्घ मुर्ति माथी गयराती तोडफोड भएको हो ।

ड्राईभरटोल प्रहरीका अनुशार रातको समयको घटना भएकाले अहिलेसम्म दोषिलाई पक्राउ गर्न सकिएको छैन । प्रहरीका अनुशार ब्यवसायीक संघसंस्थाले सुरक्षाका हिसाबले जडान गरेका सिसिटिभी फुटेजहरू हेर्ने काम भैरहे पनि तोडफोडमा संलग्नहरूको कुनै पत्तो लाग्न सकेको छैन ।

लुम्बिनीको झल्को दिने गरि गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । प्रत्येक मुर्तिको तौल नै १ सय १० किलोग्राम हुनआउँछ । मूर्ति तोडफोडमा ठुलै समुह सक्रिय रहेको हुनसक्ने स्थानीयको आशंका छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्