चितवन, १ साउन २०७६ । विद्यालयमै जाँड पार्टी गर्ने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको रत्ननगर ९ स्थित कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन ।

असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाडपार्टी गर्दै गरेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको हो । जाडखाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले प्रधानाध्यापक सहित सह प्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका विष्णु कट्टेल नेपाल कम्युनिष्ट पार्टीनिकट शिक्षक संगठनका जिल्ला नेता हुन् । उनीहरु विद्यालय भन निर्माणका लागि विद्यालय हातामा बनाइएको ठेकेदार बस्ने कोठमा बसेर मदिरा सेवन गरी होहल्ला गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्