गोरखा, १ साउन २०७६ । पालुङटार नगरपालिकाको पाचौ नगरसभावाट कर्मचारी सम्मानित भएका छ्न ।

पालुङटार नगरपालिका भित्रका उत्कृष्ट ३ जना कर्मचारीलाई सम्मान पत्र सहित जनही रु २० हजारका दरले पुरस्कृत गरिएको छ ।

सम्मानित हुनु हुने कर्मचारीमा लेखा अधिकृत सुवास अधिकारी, कार्यालय सहयोगीमा सुमन अधिकारी, चौथो तह कर्मचारीमा कृष्णकला अधिकारी सम्मानित हुनु भएको छ ।

त्यसैगरी, पालुङटार नगरपालिका अन्तर्गत शैक्षिक सत्र २०७५ को SEE परिक्षामा सबै भन्दा बढी GPA ल्याई प्रथम स्थान हुन सफल विधार्थी अन्जली परियारलाई प्रमाण पत्र सहित नगद रु १ लाख बाट पुरस्कृत गरिएको छ । भवानी मा.वि.मा अध्यान गरि २०७५ सालको SEE परिक्षामा सम्मिलित भइ कुल ३.८५ GPA प्राप्त गर्नुभएको थियो ।

पुरस्कृत हुनुभएका सम्पुर्णलाई नगर सभा अध्यक्ष एबं नगर प्रमुख ई. दीपक वावु कंडेल तथा उप-प्रमुख पम्फा बसेल तथा प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र देब भारतीले खादा, टिका, सम्मान पत्र सहित सम्मानित गर्नुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्