गोरखा, १ साउन २०७६ । गोरखाको धार्चे गाउँपालिकामा प्रचलित मकैको बिहेको संस्कृतिसम्बन्धी वृत्तचित्र ‘मकै विवाह’ पुरस्कृत भएको छ । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धामा ‘मकै बिबाह’ले उत्कृष्ट स्क्रिप्टको अवार्ड जितेको हो ।

‘हामी उठ्ने छौं ‘वि विल राइज फाउन्डेसन’ले आयोजना गरेको प्रतिष्पर्धामा सहभागी भएको सो वृत्तचित्र पाँचमिनेट लामो छ । गोरखाका कान्तिुपर टेलिभिजनका पत्रकार भीमलाल श्रेष्ठले तयार गरेका थिए । विजयी डकुमेण्ट्रीका निर्माता भीमलाल श्रेष्ठले २५ हजार नगदको साथमा शिल्ड प्राप्त गरेका छन् ।

बिभिन्न १० शीर्षकका लागि १३२ वटा वृत्तचित्र प्रतिष्पर्धामा थिए । जसमध्य नोमिनेशनमा परेका ४८ वृत्तचित्रलाई उछिन्दै श्रेष्ठको मकैको बिबाहले अवार्ड जितेको हो ।

साथै कुमार भाष्करले बनाएको छटपूजा सम्बन्धी भिडियोले पब्लिक च्वाइस अवार्ड पाएको छ । रातो मच्छिन्द्रनाथको भिडियो खिचेका दिनेश श्रेष्ठले सिनेम्याटोग्राफी तर्फको अवार्ड जितेका छन् । देवकी विष्ट वर्षको उत्कृष्ट महिला भिडियो मेकर बनेकी छन् । पब्लिक च्वाइस तर्फ नै बिक्रम न्यौपानेले बनाएको रैनाशको भिडियो दोस्रो भएको छ भने सोलु नगरपालिकाले बनाएको भिडियो तेस्रो स्थानमा रहेको छ ।

सर्वोत्कृष्ट भिडियोको अवार्ड शुभबहादुर तामाङ्गले बनाएको जर्नी टू सिङ्गलाले पाएको छ । यस्तै फ्युचर स्टार अवार्ड आर्यन कुँवरले पाए । इनर्जे्टिक भिडियो मेकरको अवार्ड विजय राईले पाए भने मोस्ट पोटेन्सियल डेस्टिनेशन अवार्ड सन्दकपुरले पाउन सफल भएको थियो ।

सोमबार नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै गायिका तथा नेकपाकी राष्ट्रिय सभा सदस्य कोमल वलीले भ्रमण वर्षको लागि नेपाल टेलिकमले सहयोग नगरेको बताईन्। साथै उनले भिडियो प्रतियोगिताका विजेतालाई भ्रमण वर्ष २०२० का लागि सद्भावना दुत बनाउनु पर्नेमा जोड दिईन् ।

यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्भावना हाम्रै देशमा भएको बताउँदै समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकांक्षा भएको बताए। साथै उनले कृषिको व्यवसायिकरणको आवश्यकता रहेको पनि बताए ।

पुस १६ गते ‘हामी उठ्ने छौं ‘वि विल राइज फाउन्डेसन’ ले भ्रमण वर्ष २०२० लाई सहगयो पुग्ने गरी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धा गर्ने घोषणा गरेको थियो । दरौदिको साथमा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्