काठमाडौँ, ३१ असार २०७६ । नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितहरुलाई आर्थिक सहयोगको घोषणा गरेको छ । कांग्रेसको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले पीडितहरुका लागि राहतस्वरुप पाँच दिनको तलब बराबरको रकम आर्थिक सहयोग गर्ने भएको हो ।

आज सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले बाढी तथा पहिरो पीडितहरुका लागि सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा ६३ र राष्ट्रिय सभामा १३ जना गरी कुल ७६ जना सांसद रहेका छन् ।

यसैगरी कांग्रेसले विपद व्यवस्थापन, उद्धार राहत र पुर्नस्थापना सम्बन्धि विषयमा संसदमा गम्भीर छलफल गर्न आफनो पार्टी र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७८ को उपनियम ९१० बमोजिम बाढी पहिरो सँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सोमबारको बैठकका अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नभएको आरोप समेत लगाएको छ ।

साथै कांग्रेसले यस दुखद घडीमा सबै जनालाई राहत तथा उद्धारमा जुट्न समेत आग्रह गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्