काठमाडौँ ३१ असार २०७६ । साउन १ गते अर्थात बुधबारबाट इन्टरनेट १३ प्रतिशत महँगो हुने जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले सरकारले नै इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको जानकारी दिनु भयो ।

सरकारले गएको वर्ष नै १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो । त्यसकारण सो बिषयमा व्यापक विरोध भएपछि सेवा प्रदायकलाई अन्य शीर्षकमा सहुलियत दिएर इन्टरनेटको शुल्क नबढाउने सहमति जनाएको थियो ।

इन्टरनेट सेवा प्रदायकले सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको कारण भोलिदेखि उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेको जानकारी दिनु भयो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्