जापान, ३१ असार २०७६ । गैरआवसीय नेपाली संघ ‘एनआरएनए’ जापानको नवौं अधिवेशन आगामी सेप्टेम्वर ६ मा हुने भएको छ ।

नयॉ नेतृत्व चयनको लागि हुने अधिवेशन आज मंगलवार एक प्रेस विज्ञप्ति प्रकाशन गरी जानकारी गरेको हो ।

एनआरएन जापानको आगामी अधिवेशनले अध्यक्ष १,वरिष्ठ उपाध्याक्ष १, उपाध्याक्ष ५-महिला,युवा,क्षेत्र र खुल्ला २), महासचिव १, सचिव ३ ,९ क्षेत्र, खुल्ला २०, कोषाध्यक्ष १, सहकोषाध्क्ष १, ८ सदस्य एक महिला सहितको निर्वाचन गर्नेछ । आसन्न गैरआवसीय नेपाली संघ जापानको नयॉ नेतृत्वको लागि आधा दर्जन व्यक्तिले महत्वाकांक्षा देखिए पनी अन्तिममा केहि पद बाहेक अन्य पदमा सहमति हुने बताईएको छ ।

गैरआवसीय नेपाली संघ जापानको नयॉ नेतृत्वको लागि ६ भन्दा बढी व्यक्तिले अध्यक्षमा आंकाक्षा देखाएको एक अभियंताले बताउनु भयो ।

नयाँ नेतृत्वका लागि तयारी

-एनआरएनए रासप जापानको लागि १४ क्षेत्रिय समन्वय समितिमा सदस्यता संख्या थोरै भएकोले क्षेत्रिय समितिमा रासपसंग समन्वय गर्नका लागि क्षेत्रिय समन्वय समिति गठन गर्ने र उक्त समन्वय समितिको संयोजक बर्तमान संयोजक नै रहने ।

-राष्ट्रिय समन्वय परिषद जापानको नवौं अधिवेसन यहि २०१९ सेप्टेम्वर ६ तारिक शुक्रवार नाकानो जिरो हलमा आयोजना गर्ने ।

-रासप १९/२१ को लागि निर्वाचन समिति गठन गर्ने जसमा श्री ओम गुरुङ ज्यू प्रमुख निर्वाचन आयुक्त रहने गरि सदस्य श्री शरद गौचन ज्यू र श्री शालिकराम भण्डारी ज्यू लाई चयन गर्दै उक्त समितिले २ सदस्य थप गर्न सक्ने निर्णय गरियो ।

आगामि १९/२१ को लागि उमेरदवारहरुको उमेरदवारी शुल्क निम्न अनुसार क़ायम गरिएको छ ।

आईसिसि सदस्य-५० मान येन

अध्यक्ष-३० मान येन

बरिष्ठ उपाध्यक्ष-२५ मान येन

उपाध्यक्ष-२० मान येन

महासचिव-१५ मान येन

सचिव-१३ मान येन

कोषाध्यक्ष-१२ मान येन

सहकोषाध्यक्ष-१२ मान येन

प्रवक्ता-१२ मान येन

युवा संयोजक-१२ मान येन

महिला संयोजक-१२मान येन

सदस्य-१० मान येन

निर्वाचन समितिले मिति २०१९ सेप्टेम्वप ८ तारिक आईतवार निर्वाचन सम्पन्न गर्ने र निर्वाचन प्रणाली बिधुतिय माध्यम (अनलाईन)बाट गर्ने निर्णय गरियो।

सदस्यता फारम भर्ने बेलामा कुनै सदस्यको क्षेत्र फरक पर्न गएमा उक्त सदस्यले सम्वन्धित निर्वाचन समितिमा निवेदन दिएमा परिचय पत्रको आधारमा क्षेत्र क़ायम गरिने निर्णय गरियो।

हिरोशिमा क्षेत्रिय समिति संग समन्वय गरि २०० वटा ह्विल चियर नेपाल पठाउन पहल गर्ने र सो को लागि आईसिसी सदस्य श्री कपिल देव थापा ज्यूसंग गरिएको करारनामा अनुसार सहकार्य गर्ने निर्णय गरियो। मातृ सन्देश

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्