टोकियो ३० अषाढ २०७६ । नेपाली कॉंग्रेस प्रबास संगठन नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रद्वारा आयोजित बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

जापानमा रोजगारी, शिक्षा, व्यवसाय तथा बिभिन्न पेशाको शिलशिलामा रहनु भएका लोकतन्त्र प्रेमि नेपालीहरुको भेटघाट, आपसी एकता र सद्भाव बढाउने उदेश्यले यहि जुलाई महिनाको १४ तारीख आईतबारका दिन साईतामा साकुरा ताजिमामा बृहत् रमाईलो बनभोज कार्यक्रमको आयोजना गरेको कार्यक्रम सम्पन भएको हो ।

उक्त बनभोज BBQ, कार्यक्रम जनसम्पर्क समिति जापानको पूर्व सभापतिहरु बलराम श्रेष्ठ, भुपि गोबिन्द श्रेष्ठ , डि पि कंडेल , निवर्तमान सभापति रोसन के सि, महादिवेशन प्रतिनिधि राजेन्द्र जम्मरकट्टेल लगायत जनसम्पर्क समितिका बिभिन्न पदाधिकारी एवम सदस्य लगायत जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।

पछिल्लो समय आन्तरिक समस्या देखाउदैं केन्द्रको हस्तक्षपको कारण नेतृत्व बिहिन जनसम्पर्क समिति जापान कुनै पनि बिमति नरहेको साथै एकताको भेटघाट भएको भन्दै केन्द्रले छिट्टै निकास दिनुपर्ने पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठले बताउनु भयो ।

बनभोज कार्यक्रम बर्खे झरिको वाबजुत पनि विभिन्न रचनात्मक,मनोरञ्जनात्मक कार्यक्रम गरी जापानबासी नेपालीहरु रमाएका थिए ।

 

बनभोज कार्यक्रम व्यबस्थापन कान्तो क्षेत्रका उपाध्यक्ष अर्जुन कंडेलले गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्