गोरखा, २०७६ साल असार ३० गते सोमबार । सिरानचोक गाउँपालिले आर्थिक वर्ष २०७६\०७७ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण गरेको छ । उक्त नीती तथा कार्यक्रम सिरानचोक गाउँपालिका उपाध्यक्ष रीता देबकोटाले वाचन गरेर सुनाउनु भएको थियो ।

अध्यक्ष महोदय,

नेपालको संविधान २०७२ बमोजिम नेपाल संघीय संरचनाको तीन तहको सरकार मध्ये स्थानीय तहको सरकार रहेको हुँदा, २०७४ साल वैशाख ३१ गते सम्पन्नी भएको स्थानीय निर्वाचनमा हामी सम्पूर्ण जनप्रतिनिधीहरुको ५ वर्षे पदावधिको लागि भएता पनि २०७४ साल जेष्ठर २४ गते यस गाउँपालिकाको जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेको आज दुई वर्ष कार्यकाल पूरा गरी तेस्रो वर्षको दौरानमा हिडिरहेको अवस्थामा आफुलाई गौरवान्वित सम्झदै आगामी आर्थिक वर्ष २०७६\ ०७७ को नीति तथा कार्यक्रम पेश गरेको छु ।

आर्थिक वर्ष २०७५र०७६ मा“समृद्ध सिरानचोकको आधार, कृषि पर्यटन र पूर्वाधार” भन्नेै मुल भावका साथ विभिन्न् कार्यक्रमहरु अगाडी सारिएको भए पनि हाम्रो अनुभव, कर्मचारीको तालमेल र सवैजना प्रतिनिधि साथीहरुको खटाई  र चिन्ता अनि स्थानीय सत्ता भन्दा वाहिर रहेको सकारात्मक सुझाव राख्नुी हुने सिरानचोक वासीहरुको सहभागीता र सद्‍भावले गर्दा हामी यस वर्षको बजेटको सत्तरी प्रतिशत खर्च गर्न सफल भएका छौं ।

अघिल्लो आर्थिक वर्षको खर्च हुन नसकेको रकम यस बर्ष पनि शतप्रतिशत रकम खर्च गर्न सकेनौं । त्यसैले, जवसम्म बजेटको शतप्रतिशत खर्च गर्ने क्षमता हामीमा हुदैन तब सम्म सिरानचोक वासिहरुको मुहारमा समृद्धिको रेखा कोर्न नसकिने हुनाले आगामी आ ब ०७६\०७७ मा ब्यवस्था गरिएको बजेटको शतप्रतिशत खर्च र शतप्रतिशत सदुपयोग गर्ने गरी समयमै दक्ष प्राविधिक कर्मचारीको व्यवस्थापन, सम्पूर्ण जनप्रतिनिधि, गाउँपालिकाको सम्पूर्ण कर्मचारी परिवारको बजेट तथा कार्यक्रम खर्च गर्ने तत्परता, सिरानचोकको समग्र विकासको निम्ति रहेको सकारात्मक सोच राख्नेम राजनितिक दल, नेता, विकास प्रेमी, सामाजिक अभियन्ता लगायत सवै जनताको सकरात्मक सहयोग र सकरात्मक सुझाव अपरिहार्य छ ।

बजेटका प्राथमिकताहरु

    समुन्नकत समाजको निर्माण र समृद्धिको लागि सिरानचोकको विकास ।

    भुकम्पबाट क्षतिग्रस्त निजि आवास पुनस्निर्माणमा जोड ।

    कृषिको विविधिकरणरव्यबसायिकरण ।

    सडक स्तोरउन्ती तथा आवश्यक

    सडक निर्माणको नयाँ ट्रयाकको अन्त्य ।

    पर्यटन पुर्वाधारको विकास ।

    गुणस्तरिय शिक्षा, खेलकुदमा प्राविधिक शिक्षामा जोड ।

    खानेपानी तथा सरसफार्इमा पहुँच बृद्धि ।

    स्वरोजगारको सृजना गरी आयआर्जनमा वृद्धि।

    सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ।

सिरानचोक गाउँपालिकाको गुरुयोजना निर्माण चालु आर्थिक वर्षमा शुरुवात गरेको भएतापनि आगामी आ।ब। को पहिलो चौमासिक भित्र सकिने गरी अल्पकालिन र दिर्घकालिन योजनाको बैंक निर्माण गर्न  सिरानचोकको विकासको निम्ति गुरुयोजना निर्माण कै अवस्थामा रहेको जानकारी गराउदछु ।

यस वर्ष पनि चालु आर्थिक वर्षमा कायम रहेको करको दरलाई यस वर्ष पनि निरन्तरता दिइनेछ । साथै यस वर्ष करको दायरालाई फराकिलो वनाइएको छ ।

अध्यक्ष महोदय,

यस निति तथा कार्यक्रममा निम्न बुँदाहरुमा रहेको जानकारी गराउँदछु ।

१। केन्द् रनिर्धारण गर्ने सम्बन्धमा

जनतालाई सेवा प्रवाह गर्ने केन्द्र निर्धारण सँगसँगै प्रशासनिक भवन, जनप्रतिनिधि, कर्मचारीहरुको आवशिय असुविधाले गर्दा प्रशासनिक सेवा, सुरक्षा सेवा र वितीय सेवा एउटै विन्दुबाट जनता समक्ष प्रवाह गर्न नसकेको र हामी जनप्रतिनिधिहरु म बाट माथी उठी हामी भन्न् नसकेको, जनताको नाममा शपथ लिएर हामीले हामी भन्न र नरुचाएकोले आज सम्म पनि सिरानचोकको केन्द्र निर्धारण हुन नसक्दा हामिलाई लज्जाबोध भएको छ । त्यसैले यस आर्थिक वर्ष भित्र केन्द्र निर्धारण गर्न हामी जनप्रतिनिधिहरुले संकल्पका साथ अघि वढिने छ ।

२। पुर्ननिर्माण

निजि आवासको लाभग्राहीको सुचीमा नपरेका गुनासोको संकलन राष्ट्रि  पुर्ननिर्माण प्राधिकरण र स्थानीय सरकारको सम्झौता बमोजिम चालु आर्थिक वर्ष भित्र नै अन्तिम गुनासो संकलन गरेको हुँदा गुनासो फच्यौट भएपछि छिटो भन्दा छिटो निजि आवास पुर्ननिर्माण कार्यक्रमलाई गति दिनको निम्ति विभिन्नक व्यवस्थापन सहित विशेष पहल गरिनुका साथै आगामी आर्थिक वर्ष भित्र सम्पूर्ण पुर्ननिर्माणको कार्य सम्पन्नप गरी लाभग्राहीहरुलाई निर्माण सम्पन्नभताको प्रमाण पत्र वितरण गरिनेछ ।

३। सिरानचोकको गौरवको आयोजना

यसै वर्ष आर्थिक वर्ष देखि संचालन गरी आगामी ४ वर्ष भित्र सकिने गरी ूसिरानचोक गौरवूको आयोजनाहरुको निर्माण गरिनेछ ।

    सिरानचोक चक्रपथ निर्माण

    ऐतिहासिक, पुरातात्विक, धार्मिक सिरानचोक कोटको परिसर निर्माण

    ऐतिहासिक, पुरातात्विक सिरानचोक कोटको भग्नावशेष गढीको निर्माण

    राष्ट्रि य विभुति अम्मरसिंह थापा र नेपाल एकिकरणका विर सेना झागल गुरुङको स्मारक पार्क निर्माण

    सिरानचोक गाउँपालिकाको धार्मिक, साँस्कृतिक, सामाजिक तथा ऐतिहासिक झझल्को दिने गरी आधुनिक बुह उद्देश्यिरय भवन सहित सिरानचोक संग्राहलय निर्माण

    नेपाल एकीकरण स्मारक पार्क निर्माण

    जिल्ला स्तरीय खेलकुद कार्यक्रम गर्न पूर्वाधार विकास र समन्वय गरिनेछ ।

४। समपुरक कोषको ब्यवस्था

समृद्ध सिरानचोक निर्माणको निम्ति समग्र विकासमा हातेमालो गर्ने गरी संघीय सरकार, प्रदेश सरकार, विभिन्नि सरकारी तथा गैर सरकारी संघ संस्था, निजि क्षेत्र र ब्यक्ति सँग समन्वय र सहकार्य गर्ने गरी विशेष रुपमा आगामी बजेटमा समपुरक कोषको ब्यवस्था गरिनेछ ।

५। सामाजिक विकास

क० शिक्षा, यूवा तथा खेलकुद

सामुदायिक विद्यालयहरुमा विद्यार्थीको सिकाइमा परिवर्तन गर्नको निम्ति चालु आर्थिक वर्षमा संचालनमा रहेको गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम लाई परिमार्जन सहित आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ । एक वडा एक खुलकुद मैदानू निर्माणलाई आगामी तीन वर्ष भित्र सम्पइन्नू गरिनेछ ।खेलकुद सँग सम्बन्धित क्लवहरुलाई ब्यवसायिककरण गराउँदै व्यवसायिक खेलाडी, प्रशिक्षक उत्पादनमा जोड दिइने छ । स्तरीय खेल मैदानहरुलाई रङ्गशालामा परिणत गरी ब्यवसायिक क्लवहरुलाई भाडामा दिइनेछ । शिक्षक तालिम, शैक्षिक प्रदर्शनी, परिक्षामा एकरुपता, शैक्षिक क्यालेण्डर, गुणस्तर लेखाजोखा, उत्कृष्ट  शिक्षक र विद्यालय प्रोत्साहन तथा कमजोर शैक्षिक अवस्था भएका विद्यालयहरुलाइ गुणस्तर सुधारका योजनाहरु संचालन गरिनेछ ।

सिरानचोक गाउँपालिकाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक, प्राकृतिक, भौगोलिक तथा स्थानीय खेल लगायतका पक्षलाई सदैव जीवन्त राख्न  स्थानीय पाठ्यणक्रम निर्माण गरिनेछ। गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगत संचालित विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको प्रतिफल सिरानचोक गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रखपति रनिङ सिल्ड जित्नच सफल भएको छ । साथै गाउँपालिकाले प्रदेश स्तरीय राष्ट्रखपति रनिङ सिल्डमा ७ जना खेलाडी पठाउन सफल भएकोमा १ जना खेलाडी मञ्जु् गुरुङ राष्ट्र पति रनिङ सिल्डको लागि राष्ट्रि य खेलाडी भएकी छिन् । उक्त खेलाडीलाई प्रोत्साहन स्वरुप केही रकम प्रदान गरिने ब्यवस्था गरिनेछ ।

ख० स्वास्थ्य

आधारभूत स्वास्थ्य सेवाको लागि उपाध्यक्ष स्वास्थ्य सुधार कार्यक्रमू भन्नेक लक्ष्य सहित गाउँपालिकामा रहेका सवै वर्ग र समुदायका जनतालाइ स्वास्थ्य सेवा पुर्या्उने गरी वर्षमा ३ पटक प्रत्येक वडामा स्वास्थ्य शिविर संचालन गरिनेछ । साथै,  गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति आवश्यक सामाग्री र पूर्वाधारको विकास गरिनेछ । शुन्य होम डेलिभरी, वच्चाहरुको पोषण, महिनामा एक पटक मात्र संचालन हुने गाउँघर क्लिनिकलाई दुइ पटक गरिदै आएको कार्यलाई निरन्तरता दिइनेछ । निश्चिनत कार्यविधि र मापदण्डुमा रहने गरी स्वास्थ्य संस्थाहरुबाट जनतलाई चौविसै घण्टा् आकस्मिक सेवा प्रदान गरिनेछ । सुरक्षित मातृत्वको लागि वर्थिङ सेन्टरको गुणस्तरमा जोड दिइनेछ । गाउँपालिका भित्र सवै वडामा एम्वुलेन्सको व्यवस्था गर्नको निम्ती विभिन्नन संघ संस्थासँग समन्वयमा जोड दिइनेछ ।

ग० लैङ्गिक समानता तथा सामाजिक सुरक्षा

महिला, बालबालिका, दलित, सिमान्तकृत, अपाङ्गहरुको लागि लक्षित समुदायहरुमा संचालित गरिने कार्यक्रमहरुमा जिविकोपार्जन कार्यक्रमलाई विशेष ग्राहयता दिनइनेछ । साथै समाजमा रहेका अशक्त जेष्ठकनागरिकहरुको सामाजिक सुरक्षाको निम्ति रचनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।समुदायमा रहेका परम्परागत ज्ञान र सिपलार्इ सुधार गरी व्यावसायिकरण गर्नको निम्ति कार्यक्रम सञ्चालन गरिने छ । बालबालिकाको लागी बालक्लव सँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिने छ ।प्रत्येक वडामा बाल संरक्षण तथा बाल सञ्जाल निर्माण गरिनुका साथै प्रत्येक वडामा बाल उद्यान निर्माण गरिने छ ।किशोरी शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिने छ । असहाय बालवालिका लैङ्गिक हिंसा न्यूनीकरण र नागरिकहरुको न्यायमा पहुँच पुग्ने गरी अति आवश्यैक वडाहरुमा रिफलेक्ट कक्षा संचालन गरिनेछ ।

घ० खानेपानी

सरकारी तथा गैर सरकारी संघ संस्थाबाट प्राप्त  अनुदानमा गाउँपालिकाको तर्फबाट समेत बजेट विनियोजन गरी साझेदारीको रुपमा स्वच्छ खानेपानी सहितको एक घर एक धाराको कार्यक्रम संचालनलाई निरन्तरता दिदै प्रत्येक वस्तीलाई ूएक घर एक धाराू सम्पन्ना भएको वस्ती घोषणा गर्दै ूएक घर एक धारा वडाूसम्पन्नाघोषणा गरिनेछ । साथै आधारभूत खानेपानीको आवश्यकतालाई द्रुत गतिमा कार्यन्वयन गरिनेछ ।

अध्यक्ष महोदय,

६। पूर्वाधार

क० सडक

भरपर्दो र बलियो स्थानीय पूर्वाधार, बहुआयामिक र दिगो विकासको आधारू भन्नेर लक्ष्य सहित सिरानचोक चक्रपथ नामकरण गरिएको जौवरी, लाङ्दी वेशी, उपल्लो गोहोरे, श्रीनाथकोट वडा कार्यालय, झारगाउँ, भँगेरी, गैरागाउँ, गाँखु, नामरुङ पात्लेि र चित्रेपोखरी जोड्ने सडकको विभिन्नड भागमा पर्ने नयाँ ट्रयाकलाई सम्पन्ने गरिने ब्यवस्था गरिनेछ । सडक संजालले जोड्न वाँकी रहेका विभिन्न वस्तीहरुलाई आगामी आर्थिक वर्ष भित्र जोड्ने गरी आर्थिक वर्ष २०७६\०७७ मा नै नयाँ ट्रयाक खोल्ने कार्यको अन्त्य गरिनेछ ।

सिरानचोक गाउँपालिकाको आठ वटै वडा भित्र रहेका रणनितिक महत्वका सडकहरुको स्तरोन्न ती गरी सर्वयाम सार्वजनिक यातायात संचालनको लागि विशेष पहल गरिनेछ ।

ख० पुल पुलेसा

संघीय सरकार र प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिने मोटरेवल पुललाई समयमै सम्पन्न  गर्नको निम्ति विशेष अनुरोध गरिनेछ । सिरानचोक गाउँपालिका भित्र रहेका निर्माणधिन झोलुङ्गे पुलहरुको छिटो सम्पन्नर गर्नको निम्ति सम्बन्धित निकायहरुमा समन्वय गरिनेछ । साथै झोलुङ्गेपुल अति आवश्यक स्थानहरुमा निर्माण गर्नको निम्ति सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।

ग० उर्जा    

सिरानचोक गाउँपालिका भित्र काठेपोल विस्थापित गरी फलामे पोल स्थापित गर्ने अभियान लाई तिब्र रुपमा संचालन गर्नको निम्ति विभिन्नर निकायहरुमा समन्वय गरी आगामी आर्थिक वर्ष भित्र सवै काठे पोल विस्थापन गरिनेछ । विद्युत सेवालाई निरन्तर टिकाउ वनाउनको निम्ति सिरानचोक भित्र ३३ र १३३ के। वि ए  सव स्टेशन निर्माणको लागि सम्बन्धित निकाय सँग समन्वय गरिनेछ ।

भौगोलिक अवस्थाको कारणले निरन्तर विद्युत आपूर्तिको समस्यालाई समाधान गर्नको लागि वजार क्षेत्रमा सडक वत्ती, विद्यालय, स्वास्थ्य तथा वडा कार्यालयहरुमा बैकल्पिक उर्जाको प्रयोग गर्ने कार्यलाई विस्तार गरिनेछ ।

घ० भवन

सिरानचोक गाउँपालिकाको वडा नं १, वडा नं ३ र वडा नं  ४ को वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन यसै वर्ष गाउँपालिकाको समपूरक कोषको साझेदारीमा निर्माण सम्पन्नौ गरिनेछ । समुदायमा आवश्यकता अनुसार पर्ने सवै कार्यक्रमहरु गर्न,समुदायमा रहेका विभिन्न  संघ संस्था लगायत आमा समूह, यूवा क्लवहरुले कार्यालय प्रयोग गर्न मिल्ने, प्राकृतिक विपद् आईपर्दा अस्थायी आवसको रुपमा प्रयोग गर्न मिल्ने, तरकारी संकलन केन्द्र तथा हाटबजारमा समेत प्रयोग गर्न मिल्ने गरी बहुउद्देश्यीयय सामुदायिक भवन निर्माणमा विशेष जोड दिइनेछ ।

ङ० सिंचाई

कृषि उत्पादनमा जोड दिने गरि अति आवश्यकिय खेतियोग्य जमिनमा साना तथा मझौला सिंचाई योजनाहरुलाई प्राथमिकता दिइनेछ । साना सिंचाई अन्तर्गत पर्ने कुलोहरु मर्मत सम्भार, निर्माण लगायत नयाँ प्रविधिमा आधारित सिंचाई योजनाद्वारा खेतीयोग्य जमिनमा सिंचित गर्ने कार्यलाई विस्तारगरिनेछ ।

७। न्यायिक समिति

स्थानीय सरकार संचालन ऐन, २०७४ मा ब्यवस्था भए बमोजिम जनतालाई न्याय दिने कार्यलाई छिटो छरितो बनाउन वडाहरुमा सूचिकृत भएका मेलमिलापकर्ताद्वारा आगामी वर्ष सवै वडाहरुमा मेलमिलाप केन्द्रको स्थापना गरिनेछ । नागरिकहरुको न्यायमा पहुँच पुर्याुउनको निम्ति विभिन्ना संघ संस्थासँग समन्वय गरी रिफलेक्ट कक्षाहरु संचालन गरिनेछ । न्यायिक समितिको काम कर्तव्य र अधिकारलाई जनसमक्ष जानकारी गराउने उद्देश्यकले विभिन्नय कार्यक्रमहरु संचालन गरिनेछ ।

८। आर्थिक विकास

क० कृषि

एक वडा,एक मुख्य उत्पादनकार्यक्रम सञ्चालन गरी कृषि ब्यवसायलाई प्रबर्द्धनात्मक तवरबाट अगाडी बढाईने छ । प्रत्येक वडामा एक कृषि उपज संकलन केन्द्र तथा गाउँपालिका भित्र रहेका सम्भावित साना बजारहरुमा हप्ताकमा एक पटक हाट बजार संचालन गर्नेछ । माछा, अलैंची, कफी, किवि र बेमौसमी तरकारी खेतीको लागि पकेट क्षेत्र घोषणा गरी परियोजना सञ्चालन गरिने छ।बेमौसमी तरकारी खेती लगायत कृषकहरुलार्इ अन्नरवालीमा प्रयोग हुने गरी प्राङ्गरीक मल उत्पादनमा तालिमको ब्यवस्थापन गरी अर्गानिक उत्पादनको लागि जोड दिइनेछ ।एक घर एक करेसावारीको अभियानलाई संचालन गरिनेछ । गाउँपालिका भित्र प्रदेश सरकारको साझेदारीमा कुनै एक स्थानमा चिस्यान केन्द्र संचालन गरिनेछ ।

ख० पशु सेवा

गाउँपालिका भित्र आपूर्ति हुने मासुजन्य पदार्थमा आत्मनिर्भर हुने गरी पशुपालन व्यवसायमा नामरुङ पशुपालन कार्यक्रम संचालन गरिनेछ । पशु स्वास्थ्य शिविर, पशु विमा, पशु नश्लल सुधार, घाँस खेती र पशुपालन ब्यवसायमा घुम्ति कोष ऋण अनुदानमा संचालन गरिनेछ ।

अध्यक्ष महोदय,

ग० पर्यटन

सिरानचोक गाउँ कार्यापालिकाको एक्लो प्रयास, सिरानचोक वासीहरुको सद्भाशव पूर्ण सहयोग, नेपाली सेनाको रणिसिङ दल गण गोरखाको सहयोग र गोरखाली संचार क्षेत्रको सद्भाीव पूर्ण सहयोगका कारण सिरानचोक कोट, श्रीनाथमण्डली प्रदेश सरकारको पर्यटकीय स्थल घोषणा भित्र पर्न सफल भएको अवस्थामा आगामी दिनमा पनि यस क्षेत्रको पूर्वाधार विकासमा सवै पक्षसँग समन्वय गरी पर्यटकीय स्थलको प्रबर्द्धनमा थप जोड दिइनेछ ।

सिरानचोक कोटको गौरवमय ऐतिहासिक पुरातात्विक तथा धार्मिक इतिहासलाई कायम राख्दै हाम्रो इतिहास हाम्रो गौरव, हाम्रो पर्यटन भन्ने् अवधारणामा सिरानचोक गाउँपालिकालाई ऐतिहासिक पर्यटकीय स्थलमा रुपान्तरण गर्नको लागि ऐतिहासिक धार्मिक स्थल, ऐतिहासिक पुरातात्विकस्थलहरुको बिषयमा खोज अनुसन्धान गरी सिरानचोक कोट, श्रीनाथ मण्डाली, कागवेनी, बाललहरी, सातकन्या देवि, नामरुङ देवि र कुतिजुङथान देवि जस्ता मठ मन्दिरहरुको संरक्षण सम्बर्द्धनमा जोड दिइनेछ । सँगसँगै विभिन्नव धर्म संस्कृति  रहेका समुदायहरुमा होमस्टे संचालनको लागि ब्यवस्था गरिनेछ ।

गाउँपालिका भित्र रहेका सम्भावित पर्यटकीय स्थानहरुमा वनभोज स्थल र पार्कहरुको निर्माणमा समेत जोड दिइनेछ । सिरानचोक गाउँपालिकाको वडा नं। ८ लाङ्दीमा रहेको झरना र सिरानचोक कोटमा रहेको धुन्दुर पहरा र वडा नं ५ र ६ को विच भागमा पर्ने ठूलो पहरा साथै वडा नं ७ मा पर्ने पहराहरमा साहसिक पर्यटनको सम्भावना खोज गरिनेछ ।

घ० कला संस्कृति

सिरानचोक गाउँपालिका भित्र रहेका धार्मिक तथा पौरर्णीक महत्व बोकेका  शक्तिपिठहरुको अध्ययन अनुसन्धान गरी अभिलेख तयार गरिनेछ । विभिन्नक जातजाति र समुदाय भित्र रहेको संस्कृतीलाई प्रबर्द्धन गर्ने कार्यक्रम संचालनमा जोड गरिनेछ । गाउँपालिका भित्र रहेका कला, साहित्य, संस्कृती संरक्षण एवं प्रबर्द्धन गर्न विभिन्न  रचनात्मक कार्यक्रम गर्न पहल गरिनेछ ।

ङ० स्वरोजगार कार्यक्रम

मेरो सिप मेरो आम्दानीू भन्नो अवधारणामा आधारित कृषि, पशु तथा अन्य उद्यममा संलग्न हुने व्यवसायीहरुलाई व्यवसायीकरण गर्न गराउनको निम्ति विशेष कार्यक्रम संचालन गरिनेछ।

च० सहकारी

नेपाल सरकारको तीन खम्वे निति अनुरुप गाउँपालिका भित्र रहेका सहकारीहरु मार्फत परिचालन हुने पुँजीलाई जनताको समृद्धिसँग जोड्नको लागि सहकारी संचालन तथा ऋण परिचालनमा निश्चिात कार्यविधि र मापदण्डो वनाई लागु गरिनेछ । आर्थिक शुसासनको लागि सहकारी सुदृढिकरणको निम्ति विविध कार्यक्रम संचालन गरिनेछ ।

९० विपद् ब्यवस्थापन

हरेक विकासका निर्माण प्रक्रियालाई दिगो वनाउन विपद जोखिम न्यूनीकरणको अवधारणा बाट विकासका योजनाहरु सम्पन्ना गरिनेछ । साथै, स्थानीय विपद् तथा जलवायू उत्थानशिल  योजना वनाई विविध कार्यक्रम संचालन गर्नको लागि विभिन्नय संघ संस्था सँग समन्वय गरिनेछ । गाउँपालिकाद्वारा विपद जोखिममा परेका ब्यक्ति र समुदायलाई सहयोग पुग्ने गरी आकस्मिक आर्थिक सहयोग प्रदान गर्न आकस्मिक विपद कोष संचालनमा निरन्तरता दिनेछ ।

१०।वन वातावरण तथा भु-सरक्षण

भू क्षय हुने क्षेत्रमा रोकथामका लागी विभिन्न उपाय अपनार् इवृक्षारोपण गरिनेछ । सिरानचोक गा पा को सिमानाका चेपे र दरौदी नदीको कटानबाट हुने जोखिम क्षेत्रहरुको संरक्षण गर्न संघीय तथा प्रदेश सरकार सँग समन्वय गरिनेछ ।

जलबायु परिवर्तन अनुकुलन तथा न्युनिकरण गर्नको लागी बर्षायामको पानी भण्डारणको रुपमा रहेका ताल, तलाउहरुलार्इ सरक्षण र सम्बर्द्धन गरिने छ । साथै, जैविक विविधताको संरक्षण गर्नको निम्ति वन डढेलोलाई निरुत्साहित गर्न दण्ड, जरिवानाको व्यवस्था गरिनेछ । वन जंगल क्षेत्रमा वृक्षारोपण गर्न एक वस्ती एक वृक्षारोण क्षेत्र, एक ब्यक्ति एक विरुवा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ । कृषि वन, निजि वन र कवुलियति वन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ । स्थानीय सरकार संचालन ऐन, २०७४ ले व्यवस्था गरे बमोजिम सामुदायिक वन उपभोक्ता समितिलाई गाउँपालिका प्रति उत्तरदायी वनाउनको लागि कार्यविधि निर्माण गरिनेछ ।

११० खनिज पदार्थ

सिरानचोक गाउँपालिका भित्र रहेका सम्भावित खानीहरुको खोज तथा अनुसन्धानको लागि विशेष पहल गरिनेछ । साथै, सिरानचोक गाउँपालिका वडा नं ६ गैरागाउँको स्लेट ढुङ्गा खानी लगायत अन्य ठाउँमा रहेको स्लेट ढुङ्गा लाई संचालनमा ल्याउनको निम्ति ब्यवस्था गरिनेछ । नेपाल सरकार सूचना विभागको कितावमा प्रकाशित सूचना अनुसार छोप्राकमा रहेको तामाखानीको विषयमा खोज तथा अनुसन्धान गरिनेछ ।

१२० श्रमको सम्मान

हरेक नागरिकमा श्रम गर्ने श्रमको सम्मान गर्ने तथा विकास निर्माणको प्रक्रियालाई अपनत्व ग्रहण गराउँदै लामो समय सम्म त्यसको सदुपयोग गर्ने प्रचलन शुरुवात गर्न मेरो श्रम हाम्रो विकासू भन्नेप कार्यक्रम संचालन गरिनेछ ।

१३० सार्वजनिक सेवा प्रवाह

सेवा प्रवाह तथा विकास निर्माण प्रक्रियामा शुसासन कायम राख्नमको लागि सार्वजनिक सुनुवाई, सामाजिक परीक्षणको व्यवस्था अनिवार्य गरिनेछ । हरेक आर्थिक वर्षको लेखा परीक्षण गर्न गराउनको निम्ति लेखा परीक्षण सहजीकरण समिति निर्माण गरिनेछ । गाउँ कार्यपालिकाले कार्यविधि र मापदण्डष वनाई नागरिकहरुको तर्फबाट शुसासनमा सहयोग पुग्ने गरी गाउँपालिका स्तरीय नागरिक संजाल स्थापना गरिनेछ ।साथै निश्चिसत मापदण्डु र कार्यविधि तयार गरीगाउँपालिकाको समग्र विकासमा सहयोग पुग्ने गरी गाउँपालिका नीति तथा योजना समिति निर्माण गरिनेछ ।

जय सिरानचोक

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्