काठमाडौं, २८ असार २०७६ । मौसम तथा जलवायु विज्ञान विभागले विहीबारबाट जारी वर्षा अझै आइतबारसम्म जारी रहने बताएको छ ।

सो विभागद्वारा शुक्रबार जरी विज्ञप्तिमा विहीबारबाट नेपालको मध्य तथा तराइ क्षेत्रमा न्यून चापीय प्रणाली समेत विकसित भई मनसुन थप सक्रिय भएको र त्यसबाट पूर्वी नेपालको पहाडी भूभाग तथा तराइ क्षेत्रहरूमा अविरल वर्षा भई रहेको जनाएको छ ।

साथै मौसमको यो विषम अबस्था अझै दुई दिनसम्म जारी रहने संभावना भएकाले जनमानस तथा सबै निकाएले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्