काठमाडौँ, २७ असार २०७६ । शुक्रबार कालिमाटीस्थित तरकारी तथा विषादी परीक्षण केन्द्रको निरीक्षण गर्दै कृषि मन्त्री चक्रपाणी खनालले भारतीय दूतावासले विषादी परीक्षणबारे नेपाल सरकारलाई पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको जनाए ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले दूतावासको पत्रबारे आफुले समयमा जानकारी नपाउँदा पत्र आएको छैन भनेर सार्वजनिक गर्दा लज्जित बन्नुपरेको भन्दै क्षमा मागेका थिए ।

यसैक्रममा, तरकारी तथा फलफूलको विषादी परीक्षणको चर्चा चलीरहेका बेला मन्त्री खनाल बाहिर भएको र आइसकेपछि प्रधानमन्त्रीलाई आफैले जानकारी दिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई थाहा रहनेछ । पत्र पहिला परराष्ट्रलाई लेखियो र बोधार्थ हामीलाई दिइयो । त्यसपछि मैले प्रधानमन्त्रीलाई दिएँ,’ ।

मन्त्री खनालले सोही क्रममा भने, ‘दूतावासले पत्र लेख्ने हो कि अरु निकायले लेख्ने भन्ने प्रश्न महत्त्वपूर्ण रहेको छ ।’ ‘यो पत्राचारको तरिका पनि बुझ्नुपर्ने हुन्छ’।

साथै तरकारी तथा फलफूलको विषादी जाँच प्रकरणमा आ-आफ्नै ढङ्गले व्याख्या र विश्लेषण भइरहेको समेत मन्त्री खनालले जनाए।

मन्त्री खनालले विषादीबारे बहस र छलफल हुनु राम्रो हो तर, कहाँ छ, कति छ, कस्तो विषादी छ, कहाँ जाचिन्छ ? भन्नेबारेमा स्पष्ट हुनुगर्ने गुनासो पोखे।

२०७१ सालमा विषादी परीक्षणका लागि मन्त्री खनालले पहिलो ल्याव राखेर नेपालमा विषदी परीक्षण सुरु गरेको जनाए ।
यसैक्रममा, उनले त्यसपछि ल्यावहरु राख्ने क्रम जारी रहेको र आजसम्म केन्द्रबाहेक सातवटा ल्याव राखिसकेको जानकारी दिए ।

मन्त्री खनालले नेपालमा बढी दुई किसिमका प्रयोग हुने गरेकोमा १७० मध्ये ३३ प्रतिशत विषादी ओगट्ने गरेको जानकारी दिए ।

उनले सबै प्रकृया हेरेपछि पूर्णतया सबै विषादी जाँच गर्ने ल्याब केन्द्रमा र अन्य ठाउँमा पनि जाँच हुने गरेकोमा नेपालमा २५ वटा विषादी प्रयोगमा प्रतिवन्ध लगाएको समेत बताएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्