काठमाडौं, २७ असार २०७६ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । बिहीबार रातिपरेको अविरल बर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो ।

यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोका कारण विपी राजमार्ग पनि अवरुद्ध भएको छ ।

एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ ।

यो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्