जापान, २८ असार २०७६ । जापानमा रोजगारी, शिक्षा, व्यावसाय तथा बिभिन्न पेशाको शिलशिलामा रहनु भएका सम्पूर्ण जापान स्थित नेपाली दाजु -भाई तथा दिदी -वहिनीहरू बीच भेटघाट,आपसी एकता र सद्भाव बढाउने मुख्य उदेश्यले यहि जुलाई महिनाको १४ तारीख आईतबार साईतामा साकुरा ताजिमामा बृहत् रमाईलो बनभोज कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक अर्जुन कंडेलले जानकारी दिनुभयो ।

बनभोज कार्यक्रममा विभिन्न रचनात्मक, सामाजिक, खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने र उक्त कार्यक्रममा सम्पुर्णमा उपस्थितिको लागी नेपाली जनसम्पर्क समिति जापान कान्तो सभापति एकेन्द्र थापाले अनुरोध गर्नुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्